इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रुपमा लागु गरेको छ । थुप्रै स्थानीय तहमा स्थानीय पाठ्यक्रम तयार पारिएपनि इटहरीमा लागु भएको थिएन ।अब कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक तयार भएर कक्षाकोठासम्म पुर्याइएको छ । यो पाठ्यपुस्तक इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने आधार बन्ने मेयर हेमकर्ण पौडेलले बताए । दुई महिनाभित्र कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक पनि तयार भएर आउने उनले जानकारी दिए ।
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगितामा जुनियरतर्फ हरैंचा मोडल र सिनियरतर्फ जुपिटर इङ्लिस स्कुल पहिलो भएका छन् ।हिजो सम्पन्न प्रतियोगितामा जुनियरतर्फ १५ विद्यालय सहभागी थिए । सिनियरतर्फ ८ विद्यालयले भाग लिएका थिए । सिनियरतर्फ सिद्धार्थ सेकेन्डरी स्कुल दोस्रो र पूर्वाञ्चल एकेडेमी तेस्रो भएका छन् । माउन्ट मकालु स्कुलले सान्त्वना स्थान हात पारेको छ ।जुनियर समूहमा माउन्ट मकालु स्कुल दोस्रो तथा क्वेस्ट स्कुल तेस्रो घोषित भएका छन् । सान्त्वना पुरस्कार पूर्वाञ्चल एकेडेमीले जितेको छ ।कक्षा ८ सम्मका विद्यार्
इटहरी । नेपाल शिक्षक महासंघले शिक्षामन्त्री महावीर पुनसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ९ बुँदे सहमतिबारे ध्यानाकर्षण गराएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नौ बुँदे सहमतिबारे शिक्षामन्त्री पुनको ध्यानाकर्षणसहित कार्यान्वयनका लागि आग्रह गरिएको बताए ।‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेका छौ
विराटचोकः स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सुन्दरहरैंचाका माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा साजीलाल मावि पहिलो भएको छ ।आठ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा सुकुना मावि र पञ्चायत माविले क्रमशः दोस्रो र तेस्रो स्थान हात पारेका छन् । प्रतियोगितामा ५ वटा सामुदायिक तथा ३ वटा संस्थागत विद्यालय सहभागी भएका थिए ।संस्था सञ्चालक समिति उपाध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको हाजिरीजवाफ कार्यक्रमको सञ्चालन सचिव अर्जुनकुमार तिम्सिनाले गर्नुभएको थियो । भाषाविद् तथा साहित्यकार अमृतप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको हाजिरीजवाफ क्वीज मास्टरको रुपमा ल
विराटचोकः शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प
विराटनगर । विराटनगरमा जारी १४ औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर जुनियर जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जेसीजका शाखाहरुको सहभागिता रहेको थियो । ‘उज्ज्वल भविष्यका लागि सँगै उठौं’ शीर्षकमा आयोजित प्रतियोगितामा मोरङको बेलबारी जुनियर जेसीजकी दीक्षा कार्की प्रथम भएकी छन् । अग्रज साहित्यकार विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित र कवि देवेश प्रधान सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । प्रतियोगितामा भद्रपुर जुनियर जेसीजका आर्यन कोइराला द्वितीय र विराटनगर जुनियर जेसीजकी संयुक्
विराटनगर । काठमाडौंबाट आएका साहित्यकारहरुको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको सम्मानमा साहित्यिक भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा विराटनगरमा भएको कार्यक्रममा अग्रज राजेन्द्र शलभ, विवश पोखेल, मनु मञ्जिल, बद्री भिखारी, दिङ्लाली कान्छो, देवान किराँती, प्रज्वल परालुली, शंकर सुवेदी उत्स, बाबुराम पोखरेल, राजेन्द्र गुरागाईं, भूषण ढुंगेल, गोकुल अधिकारी, लक्ष्मी प
गछियाः मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले सो संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता गराएको छ ।पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएकोमा समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए । प्रतियोगितामा समूह सी पहिलो, समूह ई दोस्रो तथा समूह ए तेस्रो भएका थिए ।सेन्टरका सञ्चालक निरन्जनप्रसाद आचार्यका अनुसार पहिलो हुने टिमलाई नगद ३ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । दोस्रो हुने समूहलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहलाई नगद १ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।पहिलो चरणमा उत
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरवका रुपमा रहेको वीरेन्द्र सभागृह तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई औचापरिक रुपमा विराटनगर महानगरले धन्यवाद दिएको छ । जेनजी आन्दोलनमा सहभागी २३ वर्षीय अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइदिएर औपचारिक रुपमा धन्यवाद दिएका हुन् । अनमोललाई यसअघि मेयर कोइरालाले फोन गरेर धन्यवाद दिएका थिए । अनमोललाई महानगरले विशेष अवसर पारेर सम्मान गर्नेसमेत जनाएको छ । ‘अनमोलको प्रयासका कारण वीरेन्द्र सभागृह आगजनी र तोडफोड हुनबाट जोगिएको छ,’ मेयर कोइरालाले भने,
इटहरी डेस्क । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेस प्रदेशका सबै जिल्ला अहिलेसम्म किन साक्षर घोषणा हुन सकेन भन्ने विषयमा अध्ययन गर्न टोली गठन गर्ने भएका छन्। मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत बताएअनुसार मधेसजस्तो सुगम ठाउँ पनि किन अहिलेसम्म साक्षर हुन सकेन भन्ने विषयमा अध्ययन गरी यथाशीघ्र रिपोर्ट पेस गर्न मधेस प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गरिने भएको हो। ‘मधेस प्रदेशका ८ वटै जिल्लाहरू अहिलेसम्म साक्षर जिल्ला भनेर घोषणा गरिएका रहेनछन्। कर्णाली प्रदेशका २ जिल्लाबाहेक नेपालका अरू सबै जिल्लाहरू साक्षर घोषणा भइसकेका रहेछन्। मध