इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । आज सम्पन्न ४१ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।यस्तै उपकुलपति प्राडा विजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ
रामेछाप । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् । विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ । भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका व
विराटनगर, असार १५ । विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना प्रक्रिया सुरु गरेको छ। कलेजले विज्ञान र व्यवस्थापन संकायमा सिमित सिटमा मात्र विद्यार्थी भर्ना लिने जनाएको छ।कलेजका अनुसार विज्ञान संकायमा ४ वटा सेक्सनमार्फत १४० विद्यार्थी र व्यवस्थापन संकायमा ३ वटा सेक्सनमार्फत १०५ विद्यार्थी मात्रै भर्ना लिइनेछ। प्रत्येक कक्षामा अधिकतम ३५ जना मात्र विद्यार्थी राख्ने नीति कलेजले अगाडि सारेको छ।एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वातानुकूलित र पूर्णरुपमा डिजिटल कक्षा कोठा सञ्चालन गर्दै आएको छ। कलेजका प्रिन्सिपल टिकाराम पुरीका अनुसार विद्यार्थीको संख्यामा भन्दा गुणस्तरमा केन्द्रित
इटहरी । यस वर्षको माध्यमिक शिक्षा परीषा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को
इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए ।‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए ।२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६
इटहरी । संखुवासभा तुम्लिङटारस्थित जेसिबीको आधिकारिक बिक्रेता लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि, लाइन इन्जिनियरिङ वर्कसप र गोर्खा अर्थ मुर्वस प्रालिले मोरङका ३४ विद्यार्थीलाई विद्यालय पोसाक तथा जुत्ता सहयोग गरेको छ । सुन्दरहैचा नगरपालिका वडा नं. ४ मा रहेको साजिलाल माध्यमिक विद्यालयको सृजनशील ब्लकको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक विद्यालय पोसाक र जुत्ता एक कार्यक्रम गरी बुधवार हस्तान्तरण गरिएको हो ।विपन्न विद्यार्थी अध्ययनरत यस विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ पोसाक र जुत्ता सहयोग गरेको लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि सञ्चालक विकास लिम्बुले जानकारी दिए । आ
विराटनगर- स्थित महेन्द्र माध्यमिक विद्यालयमा सहकारी प्रणालीबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विराट टाइम्स मिडिया प्रा.लि. को आयोजनामा तथा कृषि, उद्योग तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा सम्पन्न भएको हो।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित कार्यक्रममार्फत सहकारीको महत्व, उद्देश्य, संरचना तथा यसले समाजमा पुर्याउने सकारात्मक प्रभावबारे विस्तृत जानकारी प्रदान गरियो।कार्यक्रममा प्रशिक्षक अबिनाश निधि, मोहन ढकाल र गोपाल पोखरेलले सहकार्य, पारदर्शिता, आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहकारीको भूमिकाबारे प्र
भोजपुर — अनेरास्ववियू भोजपुरको आयोजनामा सम्पन्न ‘अखिल आइकन’ मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता शिक्षाको गुणस्तर सुधारमा प्रेरक बन्न पुगेको छ।‘भोजपुरको शिक्षाको अवस्थाः चुनौती र सुधारका उपायहरू’ विषयमा आयोजित प्रतियोगितामा जिल्लाका १९ विद्यालयका ५१ विद्यार्थीले सहभागिता जनाए।प्रतियोगितामा बिद्येश्वर मावि गोगनेकी स्नेहा राई प्रथम, यशोधरा मावि टक्सारकी कोपिला प्रधान द्वितीय, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका संयोग कार्की र अनपूर्ण वागधान रणदिपा मावीका छात्र आविष्कार घिमरे तृतीय भए। विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार र ५/५हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।कार्यक्रममा व
मोरङ –नेपाली राजनीतिमा निष्ठा, त्याग र आदर्शको पर्याय नेतृ शैलजा आचार्यको १६औं स्मृति दिवस मोरङको जहदा स्थित कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले शैलजा आचार्यले देखाएको मार्गदर्शन र राजनीतिक मूल्यमान्यतालाई वर्तमान परिवेशमा राजनीतिक दलहरूले आत्मसात गर्नु आवश्यक रहेकोमा जोड दिए।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले आफू शैलजा आचार्यबाट प्रेरित भएर राजनीतिमा लागेको बताउँदै, उहांद्वारा स्थापना गरिएको पोलिटेक्निकले विपन्न वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षा
विराटनगर, जेठ २८ — कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा तालिमरत प्रहरी जवान प्रशिक्षार्थीहरूको टोलीले सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनी, विराटनगरमा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन्।कोशी प्रहरी तालिम केन्द्रबाट प्राप्त जानकारीअनुसार, २०८२ बैशाख २७ गतेदेखि सुरु भएको तालिम अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत २०१ जना प्रशिक्षार्थीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो दिन १०१ जना र दोस्रो दिन १०० जना प्रशिक्षार्थीहरूलाई सामुदायिक प्रहरी सेवा केन्द्रको गतिविधि, कार्यशैली तथा प्रहरी र नागरिकबीचको सहकार्यको अभ्यासबारे जानकारी दिइने कार्यक्रमको उद्देश्य रहेको छ।जेठ २८ गते १०१ जन