संविधान र कानुनअनुसार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले निर्वाह गर्ने जिम्मेवारी स्पष्ट बनाउने उद्देश्यले पहिलोपटक स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ।विराटनगर महानगरपालिकाको आयोजनामा हुने उक्त सम्मेलनमा देशभरका २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुनेछन्। पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिँदै महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिबाट हुने विवाद निरुपण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन प्रक्रियामा उपप्रमुखहरूको भूमिका स्पष्ट पार्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यल
विराटनगर, ।विराटनगर–७ मा अवस्थित सामाजिक संस्था **‘हाम्रो प्रयास’**को आयोजनामा नुहाउने अर्गानिक साबुन, सर्फ, लिक्विड झोल, फिनेल र ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम सुरु भएको छ।विराटनगर महानगरपालिका वडा नं. १ को सहकार्यमा आयोजना गरिएको तालिमको उद्घाटन वडा कार्यालय भवनमै जेठ २१ गते एक विशेष कार्यक्रमबीच गरिएको हो। तालिम जेठ २१ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।तालिमको उद्घाटन प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष काजी बहादुर बस्नेतले पञ्चदीप प्रज्वलन गरेर गरेका थिए। उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि होइन, तपाईंहरूले सिकेको कुर
विराटनगर, जेठ ९ – उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित ENSSURE परियोजनाको प्राविधिक सहयोगमा र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा विराटनगरमा सीप उत्सव २०८२ भव्य रूपमा आयोजना हुने भएको छ।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना ले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिएका हुन्। अध्यक्ष सुरानाले भने, “सीप बिना काम खोज्न गाह्रो छ, र सीप बिना काम दिन पनि। दक्ष जनशक्ति उत्पादन गर्न यो उत्सव आयोजना गरिएको हो।” उनले सीप हासिल गरेका युवालाई स्वदेशमै रोजगारीका अवसर दिनु आवश्यक रहेको उल्लेख गरे।उत्स
काठमाडौं । शिक्षकले विगत २९ दिनदेखि जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् ।यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालयहरु भोलिदेखि खुल्ने भएका छन् । ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं । आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । तोकिएको सम
इटहरी ।आन्दोलनरत शिक्षकसँग आज हुने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन।नेपाल शिक्षक महासंघसँग सामेबार अबेरसम्म भएको छलफलबाट सहमतिमा पुग्न नसकिएपछि आज दिउँसो ३ बजे वार्ता गर्ने तय भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले वार्ताका लागि महासंघका प्रतिनिधिहरूलाई कुरिरहेको नेपालखबरलाई बताए। ‘उहाँहरूलाई मन्त्रालयमा कुरिरहेको छु, आउनुभएको छैन,’ पन्तले भने।आन्दोलतरत शिक्षकहरूले भने आफूहरू अझै छलफलमा रहेको बताएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू छलफलमै रहेको जानकारी दिए।सोमबार रातिसम्म भएको छलफल सहमतिमा पुग्न सकेको थिएन। हिजो वार्ताब
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने ।इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाल
मोरङ, उर्लाबारी – घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजना र ई.टी.सी. ट्रीटमेन्ट, इटहरीको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका–७ स्थित उर्लाबारी चोकमा ४५ दिने ढाका बुनाइ तालिम सुरु गरिएको छ।स्थानिय महिलालाई आत्मनिर्भर बनाउँदै रोजगारमुखी सीपमा अभिवृद्धि गराउने उद्देश्यले सुरु गरिएको तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत भवानी घिमिरेले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले सीप आधारित तालिमहरूले स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्ने बताउँदै सहभागी महिलालाई यसलाई अवसरको रूपमा लिन आग्रह गरे।उक्त तालिममा उर्लाबारी निरु ढाका कपडा उद्योगकी सञ्चालिका निर्मला च
विराटनगर, चैत २२– महिलाहरूलाई स्वरोजगार बनाउन लक्ष्य राख्दै महिला व्यवसायिक कृषि समूह विराटनगर-११ ले अचार बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न गरेको छ। तालिम चैत १५ गतेदेखि २२ गतेसम्म विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको थियो।तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए। मुख्य प्रशिक्षकका रूपमा मालती उपाध्याय आचार्यले प्रशिक्षण दिएकी थिइन्। तालिम समापन कार्यक्रममा उनलाई महिला व्यवसायिक कृषि समूह मोरङद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो। तालिम मा सहभागी १५ जाना लाई सिपमूलक कार्यक्रम अचार वनाउने तालिम मा सहभागी भएर कुशलतापूर्वक स्वरोजगारमूलक सिप हासिल गर्नु भएकोमा प्रमाण पत्र प्रदान गरिएक
मोरङ, चैत्र २० – ट्राफिक सुरक्षा र सवारी सञ्चालनलाई सुरक्षित बनाउन मोरङ जिल्लाको बेलबारीमा विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट आँखा अस्पताल विराटनगरको सहकार्यमा बेलबारी नगरपालिका-१, ट्राफिक प्रहरी पोष्ट अगाडि यो कार्यक्रम सञ्चालन गरिएको हो।स्वास्थ्य परीक्षण कार्यक्रममा ११५ जना चालक, सह-चालक तथा स्थानीय नागरिकहरूको रक्तचाप जाँच, आँखा परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै, ट्रक, टिपर, बस, स्कुल बस, ट्याक्टर, पिकअप, म्याजिक, कार, मोटरसाइकललगायतका ५५ जना चालकहरूको लागू पदा
मोरङ, बुद्धचोकस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले आफ्नो ९ औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।समारोहका प्रमुख अतिथि तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयले अपनाएको मन्टेश्वरी शिक्षण पद्धतिले बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले बालबालिकामा गरिएको लगानी भविष्यमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. २ क