काठमाडौं । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविमा तोडफोड र आक्रमण गर्ने विद्यार्थीमाथि कारबाही गरिने बताएका छन्।आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आक्रमणमा संलग्न हुने विद्यार्थीहरूलाई त्रिविले हदैसम्मको कारबाही गर्ने बताए। त्रिविको उपकुलपति कार्यालयमा केही दिनअघि नेविसंघले तोडफोड गरेको थियो। नेविसंघले त्रिविका विभिन्न निकायमा तालाबन्दीसमेत गरेको छ।यसैबीच त्रिविले गृह मन्त्रालयसँग त्रिवि परिसरको भरपर्दो सुरक्षाका लागि आग्रहसमेत गरेको छ। विश्वविद्यालयमा नियमित पढ्ने विद्यार्थीबाट कुनै समस्या नरहे पनि राजनीतिक लाभ लिन खोज्ने विद्यार्थीहरूबाट भने समस्या रहे
उदयपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण आइतबार उदयपुरका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ । पूर्ण सेवा सुविधाको ग्यारेन्टी, संघीय शिक्षा ऐन, २०५८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यालय कर्मचारी परिषद् आवद्द कर्मचारीहरुले जिल्लाभरका सबै सामुदायिक विद्यालय ठप्प पारेका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका कर्मचारीहरुले पहिलो चरण अन्तर्गत भदौ १८ गतेसम्म विद्यालय ठप्प पार्ने र त्यसपछि थप कार्यक्रम घोषणा गर्ने बताएका छन् । परिषद्का अध्यक्ष बुद्धिलाल चौधरीले वर्षौंदेखि कर्मचारीको रुपमा कार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् ।अध्यक्ष महाश्रम शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ । कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङ
काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ । अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमावि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका आज या भोलिसम्ममा प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ ।चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका व