सूचना प्रविधी

    Showing ६१-७० of १२४ items.
  • एउटा प्रश्नको जवाफ दिन १५ चम्चा पानी खर्चिँदै च्याट जीपीटी

    इटहरी ।  कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को प्रयोग विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको छ । तर, खानेपानीको बढ्दो सङ्कटलाई लिएर सँगसँगै चिन्ता पनि थपिदिएको छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वको करिब ७ अर्ब जनसङ्ख्यामध्ये अहिले करिब आधा जनसङ्ख्याले खानेपानीको अभाव झेलिरहेको छ ।जलवायु परिवर्तनलगायतका कारणहरूले त्यो समस्या अझै चर्कने अनुमान भइरहेको बेला एआईको बढ्दो प्रयोगले स्थिति विकराल हुने चेतावनी विज्ञहरूले दिएका छन् । ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जवाफ दिन १५ चम्चा पानी खर्च गर्छ ।एआईले दिने जवाफम

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४५६ पटक पढिएको
  • आज विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस

    विराटचोकः रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ ।रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् । विकिरण प्रयो

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ३६० पटक पढिएको
  • विराटनगर जेसीजद्वारा ‘जेसीज वीक–२०२५’ आयोजना हुने

    विराटनगर -‘Developing Leaders for a Changing World’ भन्ने मूल नाराका साथ विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्न लागेको छ। नोभेम्बर २ देखि नोभेम्बर ७ (कात्तिक १६ देखि २१) सम्म एक सातासम्म चल्ने यस अभियानअन्तर्गत विराटनगरका विभिन्न स्थानमा अर्थपूर्ण र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ।कार्यक्रमको शुभारम्भ नोभेम्बर २ (आइतबार) बिहान ७:३० बजे जेएनएल फुटसल, विराटनगरमा ‘उद्घाटन समारोह तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता’बाट हुने भएको छ। उद्घाटन कार्यक्रमको संयोजन जेसी सनराइज चौधरीले गर्नेछन्।त

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ४०८ पटक पढिएको
  • सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

    काठमाडौँ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ ।विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र प्रशासनसम्बन्धी संशोधित नियमावली राजपत्

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३६० पटक पढिएको
  • विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका इकाइमा सम्भावित विपद जोखिम आकलन गर्दै समन्वयात्मक रुपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४११ पटक पढिएको
  • कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने

    पथरी -आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म मोरङको पथरी शनिश्चरेमा “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले गोल्डकपलाई नगरको पहिचानसँग जोडिएको महत्त्वपूर्ण खेलकुद उत्सवको रूपमा उल्लेख गर्दै यसको सफलताका लागि नगरवासी सबैलाई सहयोग गर्न आग्रह गरे।आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार उद्घाटन खेल सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच हुनेछ। विकल

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३२७ पटक पढिएको
  • कागती खेतीमा कृषक आकर्षित, तर बजार मूल्य नपाउँदा चिन्तित

    मोरङ - मोरङको पथरी शनिश्चरे–२ कालापानीका किसान सुरेन्द्र दाहाल पछिल्ला सात वर्षदेखि व्यवसायिक रूपमा कागती खेती गर्दै आउनु भएको छ।प्रेम पोख्रेलको धानबाली लाग्ने खेत वार्षिक ८० हजार रुपैयाँमा १५ वर्षका लागि ठेक्कामा लिएर उहाँले २८ कठ्ठा जमिनमा कागती खेती गर्दै आउनु भएको हो। १५ लाख रुपैयाँ लगानीमा ७ सय कागतीका बिरुवा रोपेर व्यवसायिक रूपमा खेती सुरु गर्नुभएका दाहालले यो वर्ष भने बजारमा उचित मूल्य नपाएको र बिक्रीमा समस्या आएको बताउनुभयो।गत वर्षको तुलनामा यस वर्ष भारतीय कागतीको आयात बढ्दा उत्पादन कुहिएर नष्ट हुन पुगेको उहाँको भनाइ छ। “अघिल्लो वर्ष साउन–भदौमा राम्रो बिक्री भयो, तर यसपटक भारतीय कागती

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४७८ पटक पढिएको
  • सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर -छठ पर्वका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राखी उक्त शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।कार्यक्रमको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, कार्यकारी समिति, सल्लाहकारहरू तथा पदेन प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।शिविरमा व्रतधारी भक्तजनका लागि रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण तथा प

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४९२ पटक पढिएको
  • दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

    दार्चुला । दार्चुलाका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेका छन् । कूल ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार यो प्रणाली सुरु भएपछि सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिस बोकेर प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरका साथ प्रशासनमा पठाउँछ”, पौडेलले भन्नुभयो, “प्रशासनले त्यही कोड नम्बरका आधारमा विवरण रुजु गरी नागरिकता प्रदान गर्छ ।”उहाँका अनुसार अनलाइन सिफा

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३०७ पटक पढिएको
  • टीभीएस ‘तिहार एक्सचेन्ज मेला’ इटहरीमा सुरु

    इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ६३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल