स्वास्थ्य

    Showing १२१-१३० of १८९ items.
  • खोटाङ जिल्ला अस्पताल ३३ वर्षपछि ५० शैंयामा स्तरोन्नति हुँदै

    खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शैंयामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थिए । ५० शैंयामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४६१ पटक पढिएको
  • स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

    – विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसुनवारी मोरङ र बिराट नर्सिङहोम प्रा.लि. विराटनगरबीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल प्रहरीका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार तथा निजका आश्रित परिवारहरूलाई विभिन्न रोगको उपचारमा शुल्क छुट सुविधा दिने सहमति गरिएको छ।सम्झौताम

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ७१९ पटक पढिएको
  • आवासीय चिकित्सक भन्छन्–श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छ

    काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा. ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्यागिन् । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उनी अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिराखेकी छन् ।उनीसँगै सोही कलेजमा आवासीय चिकित्सकको रुपमा कार्यरत डा. निशा थापा पनि उनीसँग छिन् । टण्टलापुर घाममा उनीहरु जस्तै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै २२ दिनदेखि आन्दोलनरत छन् । चिकित्सक शर्मा भन्छिन्, ‘आफूलाई चिकित्सक भनेर के गर्नु ? अहिलेसम्म म

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ६६४ पटक पढिएको
  • विराटनगरमा ट्राफिक प्रहरीको विशेष अभियान: ध्वनि प्रदूषणको शिकार बनेका स्थानीयहरूलाई राहत

    विराटनगर । सडकमा फैलिएको ध्वनि प्रदूषणको समस्या समाधान गर्न मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सुरु गरेको छ। यस अभियानको प्रमुख उद्देश्य हो, ती मोटरसाइकलहरूलाई नियन्त्रणमा ल्याउनु जो आफ्नो साइलेन्सर परिमार्जन गरेर अत्यधिक आवाज निकाल्छन्। यसले सवारी चालकलाई मात्रै होइन, आसपासका नागरिकलाई समेत भारी समस्या पुर्‍याइरहेको छ।सार्वजनिक सेवा केन्द्रको रूपमा काम गर्दै आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, धेरै सेवाग्राहीले परिवर्तित साइलेन्सरबाट निस्कने अत्यधिक आवाजको कारण ध्वनि प्रदूषणको गुनासो गरेका थिए। यी गुनासोहरूलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीलाई निर्देशन दिइएको थि

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ६९३ पटक पढिएको
  • चालक तथा सह-चालकहरूको स्वास्थ्य परीक्षण, ११ जनामा लागू पदार्थ सेवन पोजेटिभ

    मोरङ, चैत्र २० – ट्राफिक सुरक्षा र सवारी सञ्चालनलाई सुरक्षित बनाउन मोरङ जिल्लाको बेलबारीमा विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट आँखा अस्पताल विराटनगरको सहकार्यमा बेलबारी नगरपालिका-१, ट्राफिक प्रहरी पोष्ट अगाडि यो कार्यक्रम सञ्चालन गरिएको हो।स्वास्थ्य परीक्षण कार्यक्रममा ११५ जना चालक, सह-चालक तथा स्थानीय नागरिकहरूको रक्तचाप जाँच, आँखा परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै, ट्रक, टिपर, बस, स्कुल बस, ट्याक्टर, पिकअप, म्याजिक, कार, मोटरसाइकललगायतका ५५ जना चालकहरूको लागू पदा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६८१ पटक पढिएको
  • आजदेखि देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिँदै

    इटहरी । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आज (बुधबार) देखि देशभर आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् ।संघले जारी गरेको विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ । सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ५११ पटक पढिएको
  • थपिएको म्याद पनि सकियो, सकिएन खाेटाङमा अस्पताल भवन निर्माण

    खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शैंयाको भवन बनाउन असफल भएको हो ।सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मंसिर २९ गते सकिएको छ । १५ शैंयामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुस

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ५१० पटक पढिएको
  • वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी

    एजेन्सी । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् ।यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ५७० पटक पढिएको
  • दिल्लीमा उपचार गराइरहेका लाेकप्रीय मेयर हमालकाे कस्ताे छ स्वास्थ्य अवस्था ?

    कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । हमालको अहिले भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । नगर प्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको भाइ श्याम हमालले जानकारी दिएका छन् ।तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ । उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ । शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ४८३ पटक पढिएको
  • नाेबेल मेडिकल कलेजले २ सय प्रतिशत बाेनस दिने

    बिराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ ।मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा सञ्चालक रहेको नोबेल अस्पताल एक वर्ष अघि मात्र पब्लिक लिमिटेडमा गएको हो । नोबेलको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०-८१ को संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपियाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यता यो नोबेलको

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ३६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल