स्वास्थ्य

    Showing १४१-१५० of १८९ items.
  • तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

    दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखा अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी  नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक

    • प्रकाशित मितिः असोज ९, २०८०
    • २३७ पटक पढिएको
  • कोदोको रोटी खानुहोस्, स्वास्थ्य राम्रो बनाउनुहोस

    एजेन्सी । स्वस्थ जीवन जिउनका लागि तपाईंले आफ्नो खानपानलाई पनि स्वस्थ बनाउन अत्यावश्यक हुन्छ । स्वस्थ खानपानभित्र पर्ने एउटा हो कोदोको रोटी ।यसले स्वास्थ्यमा पुग्ने फाइदाबारे जानौं:कोदोको पिठो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एकदमै धेरै पोषक तत्व पाइन्छन् जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् ।कोदोमा प्रोटिन, क्याल्सियम, फाइबर, काब्र्स र भिटामिन भरपूर मात्रामा पाइन्छ ।त्यस्तै यदि तपाईं तौल कम गर्न खोजिरहनुभएको छ भने कोदोको रोटी सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई लामो समय पेट भरिएको महसुस गराउँछ जसले गर्दा खाइरहने बानी कम हुन्छ ।त्यस्तै जो व्यक्तिको हड्डी र जोर्नीमा दुखाईको स

    • प्रकाशित मितिः असोज ७, २०८०
    • ३१२ पटक पढिएको
  • डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डे

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २५१ पटक पढिएको
  • कहिले काहीँ किन निदाउँछ हाम्रो हातगोडा ?

    एजेन्सी । कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ ।लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ ।हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ?आउनुस् जानौं यसका बारेमा ।खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ ।अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ ।यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचो

    • प्रकाशित मितिः साउन १४, २०८०
    • २१० पटक पढिएको
  • नेपालमा डेंगुका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार ५००

    काठमाडौं । नेपालमा डेंगुका बिरामी चार हजार नाघेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल चार हजार २८९ जनामा डेंगुका बिरामी छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार ७५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्। डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार ५४२, धादिङ ४०१, क

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १७७ पटक पढिएको
  • सुनसरीमा पछिल्लो दुई हप्तामा २५ सय डेंगुका बिरामी थपिए

     काठमाण्डौ ।सुनसरीमा पछिल्लो दुई हप्तामा डेंगुका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ ।सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले  सार्वजनिक  गरेको  तथ्याङ्क  स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।धरानको बीपी कोइराला स्

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १६० पटक पढिएको
  • पहिलोपटक जीम जाँदै हुनुहुन्छ ? यसरी बनाउनुहोस् वर्कआउट रुटिन

    एजेन्सी । पहिलोपटक जीम जाने व्यक्तिहरु प्रायजसो धेरै उत्साहित हुने क्रममा शरीरलाई एकदमै धेरै कसरत गर्नका लागि धकेल्छन् । यसरी तपाईंले आफ्नो शरीरलाई चोट पुर्‍याउन पनि सक्नुहुन्छ ।त्यसैले पहिलोपटक जीम जाँदै हुनुहुन्छ भने तपाईंका लागि विशेषज्ञहरुको अनुभवबाट केही टिप्सहरु ल्याउका छौं ।जानौं ति टिप्सका बारेमा:– सानो तथा सक्ने खालको गोल बनाउनुहोस् । शुरुआतमा नै ठूलो गोल तयार गर्नुभयो भने त्यसलाई तपाईंले पूरा गर्न सक्नुहुने छैन । त्यसैले सानो सानो गोलबाट आफूलाई फिट गराउँदै जानुहोस् ।–  कुनै पनि कसरत गर्नका लागि वार्मअप एकदमै जरुरी हुन्छ । त्यसैले स्ट्रेचिंग तथा वाकिंग गरेर कसरतको शुरुआत गर्

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १८३ पटक पढिएको
  • यस्तो पोषक खानपानले हटाउँछ दुब्लोपन

     एजेन्सी । शरीरलाई सन्तुलित राख्न उचाइअनुसारको तौल आवश्यक पर्छ । धेरै मोटो हुनु र धेरै दुब्लो हुनु दुवै राम्रो होइन । पोषक तत्वको कमीका कारण मानिस दुब्लाउने हुनाले खानपानमा ध्यान दिन जरुरी हुन्छ ।दुब्लोपन हटाउनका लागि खानपानको रुटिन यस्तो बनाउन सकिन्छ : क्यालोरीयुक्त खाना : लन्चमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खानुपर्छ । समयमा खाना खाने गर्नाले पनि तौल सन्तुलित हुन्छ । शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । भात, गेडागुडी, दूध, पनिरलगायत डेरीजन्य पदार्थलगायतमा उच्च क्यालोरी हुन्छ । काजु-बदाम : काजु र बदाममा प्रशस्त मात्रामा प्रो

    • प्रकाशित मितिः साउन ५, २०८०
    • २११ पटक पढिएको
  • गर्मी मौसममा कपाललाई यसरी राख्नुहोस् सुरक्षित

    काठमाडौं । गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । गर्मी मौसममा धुलो र पसिनाले गर्दा हाम्रो कपालको मोस्चरलाई असर गरेको हुन्छ । आज हामी गर्मी मौसममा आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी गराउँदै छ ।१. बढ्दो तापक्रममा कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।२. घरबाट बाहिर निस्कने बेला आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।३. कपाल कलर गर्नु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउँछ ।४.

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १५७ पटक पढिएको
  • साउनमा मेहदीको महत्व

    एजेन्सी । धार्मिक दृष्टिकोणले साउन पवित्र महिना हो । यो महिनामा हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको व्रत बस्दै आराधना गर्छन् । मेहदीले छालालाई पवित्र बनाउँछ भन्ने मान्यता पनि छ । त्यही कारण पनि यस महिनामा महिलाहरू मेहदी लगाउँछन् । परापूर्वकालदेखि नै महिलाले मेहदी लगाउने चलन छ । यसलाई सुन्दरताको प्रतीकका रूपमा पनि लिइन्छ । हातखुट्टामा मेहदी लगाउँदा मानिसको छालामा लाग्ने विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने विश्वास पनि छ ।किनकि, मेहदी आफैँमा एन्टिब्याक्टेरियल वनस्पति हो । साउनमा अत्यधिक वर्षा हुने तथा खेतिपातीको काम गर्नुपर्ने भएकाले पनि हातखुट्टामा हिलो लाग्ने, चिलाउने, घाउ हुनेलगायत समस्य

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल