इटहरी । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा बिन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रेफर) आवश्यक नपर्ने जनाएको छ ।बीमितहरूले प्रथम सेवा बिन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ । अब प्रथम सेवा बिन्दुबाट रेफर गरिसकेको बिरामीलाई पुनः रेफर आवश्यक नभएको बताइएको छ ।बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा
इटहरी । हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता तथा चिकित्सकहरूको संरक्षकका साथै स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन् ।धन्वन्तरीले देव–असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए । त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ । महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ ।धन्वन्तरीको जन्मधन्वन्तरीको जन्म समुद्र मन्थनको समयम
इटहरी डेस्क । निजी मेडिकल कलेज सञ्चालकहरूले नर्सहरूलाई सरकारले निर्धारण गरेको तलब दिन नसकिने बताएका छन् ।पाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै नर्सहरूलाई सरकारी तलब स्केलअनुसार पारिश्रमिक दिन असम्भव भएको जनाएका हुन्।उनले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा उल्लेख गरिएको छ, 'नेपाल सरकारले दिएको सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।'स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रबार निजी कलेजहरूलाई पत्र पठाउँदै चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहर
इटहरी । गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत सङ्कलन भएको छ । विराट टिचिङ मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी रहेका थिए । गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघले हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्नेविराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजी प्रदर्शनका क्रममा घाइते भएका सबैलाई नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ।सोमबार हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका विभिन्न स्थानमा भएका आन्दोलनका घटनामा घाइते भएकाको उपचार सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा निःशुल्क गर्ने उल्लेख गरिएको छ।हस्पिटलले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाइ विभिन्न स्थानमा सहजै उपलब्ध गराउने तयारी गरेको जनाएको छ। आपतकालीन चिकित्सा प्रतिनिधि (ERT) टोली तथा आघात उपचार सुविधासहितका स्रोतहरूमार्फत आकस्मिक अवस्थाक
गण्डकी । फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनमा क्रममा सहभागीले फोहरमैला व्यवस्थापन गर्न अन्तरपालिका सहकार्य र समन्वय आवश्यक भएकामा जोड दिएका हुन् । फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँहरूले यसका लागि सामुदायिक सचेतना र जनसहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो । राप्ती–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पहलमान चौधरीले जोखिम मोलेर फोह
विराटनगर - तेरापन्थ युवक परिषद् विराटनगरले आगामी सेप्टेम्बर १७ (अशोज १) गते आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइभ (MBDD) कार्यक्रम को जिल्ला प्रशासन कार्यलय मोरङ का प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समर्थन जनाउनुका साथै शुभकामना पनि व्यक्त गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी यादवले रक्तदान मानव जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै यस अभियानमार्फत हजारौँ जीवनलाई नयाँ ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका सामाजिक कार्यमा अग्रसर भएको देख्दा हर्ष लागेको भन्दै परिषद्को भूमिकाको प्रशंसा गर्नुभयो। तेरापन्थ युवक
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन का
मोरङ - मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र १३ वटा विद्यालयमार्फत प्रतिनिधित्व गर्ने गरी कुल ८ टिम सहभागी भएका थिए। यसअघि बैशाख २४ गतेदेखि वडा स्तरीय छनौट प्रक्रिया सुरु गरी अन्ततः पालिका स्तरीय टिम निर्माण गरिएको हो।प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ जना खेलाडीलाई पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरी औपचारिक रूपमा गाउँपालिकाल
गण्डकी । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएका बताउनुभएको छ । कानुनी युवा मञ्च (फ्लाई)द्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाली जलवायु न्याय फेलोसिप तथा क्याम्प’मा उहाँले जलवायु परिवर्तनका असरबारे विभिन्न कार्यक्रममार्फत विश्व समुदायलाई सचेत गराइए पनि सोचेअनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एसियाली राष्ट्र परेका भट्टको भनाइ छ । जलवायु परिवर्तनको मूल कारक नेपालजस्ता मुलुक नभए पनि यसको असर विकासोन्मुख मुलुकमा पर्ने उहाँल