इटहरी । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा
इटहरी डेस्क । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ।सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ। डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म देखिने भएकाले साउनको सुरुवातदेखि नै यसविरुद्ध सचेतना फैलाउन लागिएको हो। सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ।&
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा सेवाको प्रथम सेवा विन्दुका रूपमा निरन्तरता दिने सरकारको प्रतिबद्धता आएको छ। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सोमबार सार्वजनिक गरेका जानकारीअनुसार स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग यस विषयमा टेलिफोन तथा प्रत्यक्ष भेटवार्ता भएको हो। विश्वकर्माका अनुसार हिजो मन्त्री पौडेलसँग टेलिफोन वार्ता भएको थियो भने आज बिहानको भेटमा धरानवासीहरूले भोग्दै आएको स्वास्थ्य सेवासम्बन्धी समस्या र पीडाका विषयमा विस्तृत जानकारी गराइएको थियो। मन्त्री पौडेलले केही प्राविधिक र नीतिगत समस्याका कारण अस्थायी रूपमा देखिएको
इटहरी । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्। नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्।नेपाल चिकित्सक संघका महासचिव डा.सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका ह
काठमाडौँ । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिनुभयो ।
इटहरी । नेपालमा एचआईभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभी संक्रमण रहेको देखिएको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरू लगायत रहेका छन् ।एचआईभी संक्रमितहरू महिलाभन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ
इटहरी । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पताल भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्याेदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराट
माेरङ । विगत एक वर्षयता नियमित योग प्रयोगशाला सञ्चालन गर्दै आएको जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद् र समग्र योग व्यवस्थापनको अपनत्व लिने संस्था पथरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस भव्यतापूर्वक सम्पन्न भएको छ । एकाग्रता वृद्धिउन्मुख योगकर्मले मोरङको पथरीबाहेक पथरी शनिश्चरे नगरपालिकाभित्र विभिन्न ६ ठाउँमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । दैनिक योग अभ्यासले सञ्चालनमा ल्याएका यी फरकफरक ठाउँमा फरकफरक उद्देश्यअनुरुपका शीर्षकअन्तर्गत योग दिवस धुमधाम सम्पन्न भएको छ ।स्थानीय योग साधक डिल्ली पराजुलीको सहजीकरणमा उपलब्ध सौन्दर्यसम्पन्न र औषधीजन्य ११ प्रजातिका
प्रदीप चापागाईंविराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम सुरु गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाउन थालेको हो ।सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बुधबार विराटनगरस्थित कोशी अस्पतालको बच्चा विभाग र पोषण विभागमा उपचाररत विरामी र तिनका आफन्तहरूलाई फलफूल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमको संयोजक संघका थोक उपाध्यक्ष जितु रजक रहेका थिए । फलफूल वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदिप कुमार दा
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो। उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले जानकारी दिए।‘नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो’ उनले भने। गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर