काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् । 

 सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् । 

भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।