इटहरी । नव गायिका रीता राउतको नयाँ तीज गीत तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ सार्वजानिक भएको छ ।

सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, विनोद बाजरालीको एरेन्ज रहेको गीत पूर्वेली इन्टरटेनमेन्टमार्फत हिजो  (आईतबार) सार्वजनिक भएको हो ।

वसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रुपा थापाको अभिनय रहेको छ । गीत मोरङको सुन्दरहरैँचास्थित नयाँ वृन्दाबनको गौशालाका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।