काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा  आज (मंगलबार) साँझसम्म प्रकाशन गर्ने भएको छ । 

गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । 

यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो । 

यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।