बिराटनगर– बिराटनगर डिग्री क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) चुनाव २०८१ मा अखिल (क्रान्तिकारी) की उम्मेदवार दीक्षा धाडेवा कोषाध्यक्ष पदमा निर्वाचित भएकी छन्। उनले आफ्ना प्रतिस्पर्धीलाई १६ मतको अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरिन्।
मारवाडी समुदायबाट स्ववियु चुनाव जित्ने पहिलो उम्मेदवार बनेकी धाडेवालाई यस जितले समावेशी विद्यार्थी राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। उनले विद्यार्थीहरूको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


















