बिराटनगर -- 

केबलकार, सिधा हवाई सेवा र धार्मिक सर्किटमार्फत कोशीलाई राष्ट्रिय पर्यटन हब बनाउने तयारी

भीम पराजुली ले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको ‘१०० दिनका १०० उल्लेखनीय कार्य’ कार्यक्रममा कोशी प्रदेश सरकार अब साना र छरिएका योजनाबाट पछि हटेर ठूला, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने योजनामा केन्द्रित हुने घोषणा गरेका छन्।FB_IMG_1778291247792

मन्त्री पराजुलीले अब प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम बजेटका योजना सञ्चालन नगर्ने स्पष्ट नीति लिएको जानकारी दिए। उनका अनुसार अब टोल–टोलमा पार्क, साना मन्दिर, गेट वा सामान्य संरचना बनाउने अभ्यास अन्त्य गरिनेछ। त्यस्ता योजनाको जिम्मा स्थानीय तहलाई दिइने र प्रदेश सरकारले गौरवका आयोजना, बहुवर्षीय पूर्वाधार तथा पर्यटन गुरुयोजनामा लगानी केन्द्रित गर्नेछ।

“प्रदेशको लगानी अब उत्पादनमूलक हुनुपर्छ। पर्यटनले रोजगारी सिर्जना गर्नुपर्छ, स्थानीय अर्थतन्त्र चलायमान बनाउनुपर्छ,” मन्त्री पराजुलीले भने।।।विराट दरबारदेखि पाथीभरा सम्म विशेष योजना

मन्त्रालयले विराट राजा को दरबार, हलेसी महादेव, पाथीभरा तथा बर्जुताल लगायतका प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यलाई बहुवर्षीय योजनामा लैजाने तयारी गरेको जनाएको छ।FB_IMG_1778291255862

विराट राजाको दरबारको मास्टर प्लान तयार भइसकेको र त्यसलाई अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइएको मन्त्री पराजुलीले बताए।

यससँगै सरकारले महाभारत सर्किट र रामायण सर्किट अवधारणालाई अगाडि बढाएको छ। रामधुनी–जनकपुर धार्मिक पर्यटन मार्ग निर्माणसँगै पूर्वी पहाडी जिल्लालाई जोड्ने एकीकृत पर्यटकीय सर्किट विकासको अवधारणा अघि सारिएको छ।

केबलकार, हवाई सेवा र पर्यटन बस प्राथमिकतामा

प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा ठूला पर्यटन पूर्वाधार निर्माण गर्ने नीति लिएको छ। चतरा–बराहक्षेत्र केबलकार तथा तीनजुरे–मिल्के–जलजले क्षेत्रमा केबलकार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी पोखरा–विराटनगर सिधा हवाई सेवा सञ्चालन र पर्यटकीय बस सेवा विस्तारका लागि पहल सुरु गरिएको छ। कोशी प्रदेशलाई गण्डकी, मधेश र बागमती प्रदेशसँग पर्यटन सञ्जालमार्फत जोड्ने योजना पनि अघि बढाइएको छ ।। कार्यक्रममा मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा ले विगत आठ वर्षमा पर्यटन क्षेत्रमा करिब १० अर्ब रुपैयाँ खर्च भए पनि अपेक्षित उपलब्धि नदेखिएको स्वीकार गरे।

“पर्यटन क्षेत्रमा मात्रै करिब १० अर्ब रुपैयाँ खर्च भइसकेको छ। तर त्यसको प्रतिफल कहाँ छ भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको छ। बजेट छरिएर खर्च हुँदा उपलब्धि कमजोर भयो,” उनले भने।

उनका अनुसार अहिले पनि बहुवर्षीय चार आयोजनाको ३३ करोड २५ लाख रुपैयाँ दायित्व बाँकी छ भने विगतमा सुरु भएर अधुरा रहेका ६३ आयोजना सम्पन्न गर्न थप करिब ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अवस्था छ।FB_IMG_1778291046522

मुन्धुमदेखि लालिगुराँस सम्म पदमार्ग विस्तार

मन्त्रालयका अनुसार हर्कपुर मा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने मुन्धुम पदमार्ग, लालिगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग तथा चियाबारी पदमार्ग गरी ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत गरिएको छ।

मुन्धुम पदमार्गको प्रचारका लागि क्युएफएक्स सिनेमा र बुद्ध एयरको इन–फ्लाइट म्यागजिनमार्फत प्रवर्द्धन गरिएको मन्त्रालयले जनाएको छ।

वन व्यवस्थापनमा पनि आक्रामक अभियान

वन व्यवस्थापनतर्फ प्रदेश सरकारले ६ करोड २ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। निजी वन प्रवर्द्धनअन्तर्गत १ करोड ७ लाख क्युबिक फिट काठ बिक्री वितरण गरिएको तथा धनकुटा र पाँचथर मा स्थायी नर्सरी स्थापना गरिएको उल्लेख गरिएको छ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि झापा, मोरङ र सुनसरी मा ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरी ड्रोनमार्फत निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। वन्यजन्तुबाट प्रभावित १ हजार ६६ जना पीडितलाई २ करोड १८ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको र झापा–सुनसरीमा ३३ किलोमिटर क्षेत्रमा सौर्य तारबार जडान तथा मर्मत गरिएको दाबी गरिएको छ।