इटहरी । आज शेयरबजार परिसूचक मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२५ प्रतिशत अर्थात् ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ । बजार झण्डै ७ अंकले बढे पनि आज पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।
आज नेप्सेमा सूचीकृत ३३४ वटा स्क्रिप्टका ६६ लाख ८४ हजार ७ कित्ता शेयर ४५ हजार ६५ पटक किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक अर्थात १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँको कारोबार भएको छ । नेशनल हाईड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाईड्रो र ङादी ग्रुप पावरको उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात १.५७ प्रतिशतले बढेको छ । अन्य समूह ०.८३, लघुवित्त ०.३५, बैंकिङ समूह ०.३३ प्रतिशत, जीवन बीमा ०.३०, फाइनान्स ०.२९, होटल ०.२० र जलविद्युत समूह ०.३३ प्रतिशतले बढेका छन् ।
निर्जीवन बीमा समूह सर्वाधिक ०.५६ प्रतिशतले घट्दा फाइनान्स समूह ०.०८ प्रतिशत, लगानी ०.०७ र सामुहिक लगानी कोष ०.१६ प्रतिशतले घटेका छन् ।
आज स्वावलम्बन लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १२.१९ प्रतिशतले बढ्दा श्रृजनशील लघुवित्तको सेयरमूल्य ४.२९ प्रतिशत, पियोर इनर्जीको ४.२४ र त्रिशुली जलविद्युतको ३.८५ प्रतिशतले मूल्य बढेको छ ।
आज पनि फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक अर्थात १३.२४ प्रतिशतले घट्दा अपर लोहरे खोलाको शेयरमूल्य ९.१२ प्रतिशत र मेन्छियाम हाईड्रोको शेयरमूल्य ४.४९ प्रतिशत र शिखर पावर डेभलपमेण्टको शेयरमूल्य ३.८२ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ३५ अर्ब ९६ करोड २१ लाख ५७ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

















