इटहरी । लगातार घटेको शेयरबजार हिजो ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा अडिएको छ । 


नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।  


लघुवित्त र निर्जीवन बीमासमूह बाहेक सबै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक ०.८२ प्रतिशतले बढेको छ ।  बैंकिङ समूह ०.६५ प्रतिशत, हाइड्रो समूह ०..६२ प्रतिशत, विकास बैंक समूह, ०.५५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५३ प्रतिशत, लगानी समूह ०.४३ प्रतिशत, अन्य समूह ०.३९ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा पर्यटन समूह ०.२७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र फाइनान्स समूह ०.१५ प्रतिशत बढेको छ ।  


बढेको बजारमा त्रिशुली जलविद्युत कम्पनीको शेयरभाउ सर्वाधिक ५.११ प्रतिशत बढेको छ भने सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको शेयरमूल्य सर्वाधिक अर्थात् ४.९४ प्रतिशत घटेको छ ।  


उच्च कारोबार गर्ने ५ कम्पनीमध्ये ४ वटा जलविद्युत समूहका छन् । घलेम्दी हाइड्रोपावरको सर्वाधिक अर्थात् २३ करोड ९१ लाख ८२ हजार ४५५ रुपैयाँको शेयर किनबेच भएको छ । 


उच्च कारोबार गर्ने अन्य कम्पनीमा लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स पावर रहेका छन् । 


बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३५ अर्ब ७१ करोड ९४ लाख ८१ हजार ६०७ रुपैयाँ कायम भएको छ ।