काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि खुला र मधेसीतर्फ धेरै उम्मेद्वारी परेको छ ।

२ जना चुनिने सहमहामन्त्री (खुला)का लागि १० जनाको उम्मेदवारी परेको छ ।

जसमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना हुनुहुन्छ ।

महिला सहमहामन्त्रीको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतमको उम्मेद्वारी परेको छ ।

आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामाको उम्मेद्वारी परेको छ ।

एक जना निर्वाचित हुने दलित कोटाको सहमहामन्त्रीको लागि नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेद्वारी परेको छ ।

एक जना निर्वाचित हुने मधेसी कोटाको सहमहामन्त्रीको लागि अजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेद्वारी परेको छ ।

खसआर्य सहमहामन्त्रीको एक पदका लागि जगदीश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेद्वारी परेको छ ।

थारु सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

मुस्लिम सहमहामन्त्रीको एक पदका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलमले उम्मेद्वारी दिएका छन् ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवरले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, अल्पसङ्ख्यक वा अपांगता समूहबाट सहमहामन्त्रीको एक पदका लागि आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीको उम्मेद्वारी परेको छ ।

सहमहामन्त्रीका १० पदका लागि ४९ जनाले उम्मेद्वार दर्ता गराएका छन् । सबैभन्दा धेरै उम्मेदवारी खुलातर्फ दुई पदका लागि १० जना र मधेसीतर्फ एक पदका लागि आठ जनाको उम्मेद्वारी परेको छ ।

अब दाबी विरोध, उम्मेद्वारी फिर्ताको समय सकिएपछि उम्मेद्वारको अन्तिम सूची प्रकाशन भएपछि आकांक्षीको अन्तिम नामावाली आउनेछ ।