इटहरी । आज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात् २.०६ प्रतिशतले बढेको छ ।
बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेको छ ।
व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।
आज बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ । बुटवल पावर कम्पनीको १०.६० प्रतिशत, सुपर खुदी हाइड्रोको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोको ५.८६ प्रतिशत, सान्जेन जलविद्युतको ५.८१ प्रतिशत शेयरमूल्य बढेको छ ।
आज प्राइम बैंक डिबेञ्चरको शेयरमूल्य सर्वाधिक २.९६ प्रतिशतले घटेको छ ।
आज लिबर्टी इनर्जीको सर्वाधिक अर्थात् ३२ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८५ अर्ब ८० करोड ३६ लाख ७३ हजार ९४० रुपैयाँ कायम भएको छ ।


















