All Posts By इटहरी खबर संवाददाता

    Showing १,२३१-१,२४० of ३,०८७ items.
  • माथिल्लो तामाकोसीमा बेपत्ता चारमध्ये दुई जनाको शव फेला, पहिचान हुन बाँकी

    दोलखा । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो। तर शवको पहिचान भने हुन सकेको छैन। दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ। ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १६५ पटक पढिएको
  • रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सञ्चालन

    रामेछाप । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सञ्चालन गरिएको छ। मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए। मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १६४ पटक पढिएको
  • उर्जामा बाढीको विपद : ११ सय मेगावाट विद्युत उत्पादन रोकियो, साढे दुई अर्बको क्षति

    काठमाडौं । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए ।उनले भने, ‘हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौं । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।’तामाकोशी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३५९ पटक पढिएको
  • ‘सिधाकुरा’ ले अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद

    काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । सर्वोच्चले  सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन–तीन महिना कैद सजाय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए । त्यस्तै सिधाकुरा डटकमलाई ५ हजार जरिवाना सुनाएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३३० पटक पढिएको
  • ३६ घण्टापछि पन्छाइयो झ्याप्ले खोलाको पहिरो, दुईतर्फी खुल्यो राजमार्ग

    काठमाडौं । शनिबार बिहानको पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सीमानामा पर्ने त्रिभुवन राजमार्गअन्तर्गत झ्याप्ले खोलाको सडक खुलेको छ । आज (आइतबार) साँझ साढे ७ देखि दुईतर्फी रूपमा सडक खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सो स्थानमा पहिरोले सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ । सडक खुलाउन शनिबार साँझदेखि सुरक्षाकर्मी निरन्तर खटिएका थिए । 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३३६ पटक पढिएको
  • नेपालसहित विभिन्न देशका ३२ स्थानमा यस्तो छ दशैं टीकाको साइत (साइतसहित)

    काठमाडौं । नेपालसहित नेपालीहरु रहेका विभिन्न देशमा स्थानीय समयअनुसार विजया दशमीमा टीकाको साइत सार्वजनिक भएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो । भारत, अमेरिकाका विभिन्न स्थान, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायलसहित विभिन्न खाडी मुलुकहरुमा रहेका नेपालीहरुले टीको साइतबारे चासो राखेकाले स्थानीय समयअनुसार टीकाको साइत जानकारी गराइएको समिति सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक समय ट

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २०८ पटक पढिएको
  • २४ घण्टापछि कोशी ब्यारेजको पुलबाट यातायात सुचारु

    सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए ।प्रजिअ मग्रातीले भने, ‘कोशीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोशीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १४९ पटक पढिएको
  • दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

    काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो । जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिए । ‘प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले सर्वसाधारणलाई मोबाइल एसएमएस पठाउन नेपाल टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो’,

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २३६ पटक पढिएको
  • विद्युत् खम्बामा क्षति हुँदा तनहुका एक हजार पाँच सय घरधुरी अन्धकारमा

    तनहुँ । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सीमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नु परेको हो । पहिरोले सडक समेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए । नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्ब

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २५४ पटक पढिएको
  • खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

    खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८  घरमा आंशिक क्षति पुगेको छ ।मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।‘बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’, उनले भने, ‘१० स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुई जना घाइते भएका छन् भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।’बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउ

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल