इटहरी ।  आज दुई घण्टामा १ अर्ब ८१ करोड ७५ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक १७ अंक हाराहारी बढेर २५६० को आसपासमा रहेर कारोबार भइरहेको छ ।

आज रिलायनस स्पिनिङ मिल्सको सर्वाधिक ११ करोड ७५ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि गरिमा विकास बैंकको ११ करोड ५५ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

पियोर इनर्जीको शेयर मूल्य १५ प्रतिशत बढेको छ ।

इमर्जिङ नेपाल लिमिटेड, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सर्वाधिक १५ प्रतिशत शेयरमूल्य घटेको छ ।