All Posts By इटहरी खबर संवाददाता

    Showing १,४८१-१,४९० of ३,०८० items.
  • सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ

    मोरङ, सुन्दरहरैचा — भदौ १९ गते सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक केराघारीमा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा अन्जना पौडेल बिर्तामोडबाट पक्राउ परेकी छन्। उनीलाई आज बिहान बिर्तामोडको सिटीसेन्टरबाट इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो।धनकुटाका अर्जुन कार्कीका छोरीहरू, ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की, भदौ १५ गते नारायण न्यौपानेको केराघारीभित्र मृत अवस्थामा फेला परेका थिए। घटनापछि आमा अन्जना पौडेल फरार भएकी थिइन्। पक्राउ गर्ने क्रममा अन्जनाले हिजो साँझ सिटीसेन्टरस्थित एक घरमा बास मागेकी थिइन्, तर घरधनीले बास नदिएपछि प्रहरीको खोजी सुरू भएको थियो। उनी रातभ

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २१० पटक पढिएको
  • नगरपालिकामा वार्षिक समीक्षा कार्यक्रमसँगै फेरि भेटौला कार्यक्रम सम्पन्न

    पथरी ,माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमसँगै ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न भएको छ ।पथरी शनिश्चरे नगर कार्यपालिकाको सभा हलमा आज भएको सो कार्यक्रममा समग्र नगरको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । सोही अवसरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडा नं. १० का अध्यक्ष जीवन खतिवडा र नगरका

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २६५ पटक पढिएको
  • फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा

    एजेन्सी ।  फ्रान्समा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बलात्कार गरेको तथा परपुरुषलाई बलात्कार गर्न लगाएको अभियोगमा अदालतमा मुद्दा चलेको छ।७१ वर्षीय डोमिनिक पिलाई एक दशकसम्म आफ्नी श्रीमतीलाई बलात्कार गर्न अनलाइन माध्यमबाट अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएको आरोप लागेको हो।पीडित महिलाका वकिलहरूले उनलाई यति धेरै नशालु पदार्थ खुवाइन्थ्यो कि उनले आफूलाई पटक-पटक भएको यौन उत्पीडनसमेत थाहा नपाएको दाबी गरेका छन्।प्रहरीका अनुसार ती महिलालाई ७२ पुरुषबाट ९२ पटक बलात्कार भएको पाइएको छ। जसमध्ये ५१ अभियुक्तको पहिचान भई मुद्दा दायर गरिएको छ। पीडितका श्रीमानसह

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ३३९ पटक पढिएको
  • खाेटाङकाे बाेरा खाेलामा १२ जनाले श्रमदान गरेर बनाए काठेपुल , विद्यार्थीलाई विद्यालय जान भयो सजिलो

    खाेटाङ । विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै खोटाङको साकेला गाउँपालिका-३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन्। खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन्।  साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए। बर्षातको समयमा खोलामा आउने बाढीले विद्यार्थी तथा स्थानीयलाई आवत-जावतमा हुँदै आएको समस्या समाधानका लागि श्रमदानमार

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ३०२ पटक पढिएको
  • काठमाडौं तारकेश्वरमा बालकलाई खोलाले बगायो

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २४६ पटक पढिएको
  • पाकिस्तानलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश

    एजेन्सी । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २–० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ । बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २–० ले पराजित गरेको थियो ।  पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विके

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २७३ पटक पढिएको
  • कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता

    झापा । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए । ‘निवेदन धेरै परेको थियो, बजेट थोरै थियो’, उनले भने, ‘सुरुमा निवेदन द

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २९४ पटक पढिएको
  • अन्धोपन न्यूनीकरण गर्न आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

    काठमाडौं । अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र काठमाडौँ–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गरे । कार्यकारी  निर्देशक गोसाईका अनुसार सम्झौतामा काठमाडौँ–१२ मा मोतियाबिन्दु छनोट शिविर,  सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ३५३ पटक पढिएको
  • ऐतिहासिक पदक विजेता पलेशालाई एनसेलले १० लाखले सम्मान गर्ने

    काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २३० पटक पढिएको
  • मुना हत्याका अभियुक्त बब्बीसिंहलाई लगियो अदालत, धरौटीमा छाड्न अस्वीकार

    एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बब्बीसिंह शाहलाई मंगलबार अदालत पेस गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार पनि अदालतले अभियुक्त ५१ वर्षीय शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।  मुनाको हत्या भएको केही दिनपछि पक्राउ पर्दा पनि शाहले रगतका दाग लागेका कपडा  नै लगाएको मंगलबार अदालती सुनुवाइका क्रममा अभियोजकहरूले बताए।मुनालाई शरीरमा तीनपटक र टाउकोको पछाडि एकपटक गोली हानेको अभियोजकहरूले अदालतसमक्ष बताए। यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टको ओछ्यानमै गोली लागेको अवस्थामा मृत भेटिइएकी थ

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • १४६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल