इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ ४ हजार २४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।