All Posts By भोजराज घिमिरे

    Showing ५१-६० of १,६३२ items.
  • शिक्षामन्त्री सस्मित पोखरेल बने सरकारको प्रवक्ता

    इटहरी ।  शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता चयन भएका छन् ।आज शपथग्रहण लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गर्ने निर्णय गरेको हो ।बैठकले गरेका अन्य निर्णय सार्वजनिक भएका छैनन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५९ पटक पढिएको
  • रास्वपा भन्छः निजामती प्रशासनभित्र गठन भएका कुनै समूहलाई हाम्रो समर्थन छैन

    इटहरी ।  सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ ।महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै कसैले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थ सिद्ध गर्न खोजे त्यस्तो भ्रममा नगर्न पनि आग्रह गरेका छन् ।यस्तो छ विज्ञप्ति–राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै आएको छ । हालै सम्पन्न भएको आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसाय

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ११६ पटक पढिएको
  • ४३ औँ प्रधानमन्त्री ३६ वर्षीय बालेनले बनाए यी कीर्तिमान

    इटहरी ।  नेपालको ४३ औँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री बनेसँगै उनको नाममा केही कीर्तिमानी बनेका छन् । जुन यसप्रकार छन् ।बहुदलीय व्यवस्थाका कान्छो प्रधानमन्त्रीहालसम्मको इतिहास हेर्दा ५० वर्षभन्दा माथिका नेता प्रधानमन्त्री भइरहेको नेपालमा बालेन शाह ३६ वर्षकै उमेरमा प्रधानमन्त्री भएका छन् । बहुदलीय शासन प्रणालीपछि जन्मिएका व्यक्तिमध्ये पहिलो प्रधानमन्त्री हुने सौभाग्य शाहले पाएका छन् । हालसम्म देशले बहुदलीय व्यवस्थामा जन्मिएका व्यक्ति प्रधानमन्त्रीको रुपमा देख्न पाएको थिएन ।जेनजी आ

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५५ पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई दिए बधाई

    काठमाडौंः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आज दिउँसो फेसबुकमार्फत् भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई भन्दै मोदीले नेपाली जनताले शाहको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको बताएका छन् । बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्याउन आफू उत्सुक रहेको उनले लेखेका छन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५१ पटक पढिएको
  • कालो पहिरनमा सजिएका प्रधानमन्त्री बालेनले हिन्दू बटुकको स्वस्तिवाचन र बौद्ध लामाको अष्टमङ्गल ध्वनिसँगै लिए शपथ

    काठमाडौंः देशको ४३ औँ प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) ले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।प्रायः कालो पहिरनमा सजिने बालेनले शपथ ग्रहण समारोहमा कोटमात्रै होइन, दौरा सुरुवाल पनि कालै लगाएका थिए । नेपाली भाषामा शपथ ग्रहण गरेका उनको शपथअघि सातवटा शङ्खबाट शङ्खनाद गरिएको थियो । १०८ जना वटुकबाट स्वस्तिशान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट अष्टमङ्गल ध्वनि वाचन गरिएको थियो ।हिन्द र बौद्ध धर्मको धार्मिक विधिअनुसार साइत निकालेर १२ बजेर ३४ मिनेटमा शपथ प्रधानमन्त्री शाहले शपथग्रहण लगत्तै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग अङ्क

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५९ पटक पढिएको
  • नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

    काठमाडौंः प्रधानमन्त्रीको शपथग्रहणपछि आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मङ्गलवाचन गरेका थिए ।यस्तो छ नयाँ मन्त्रिमण्डलप्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय सम्हालेका छन् ।मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पा

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १३५ पटक पढिएको
  • प्रधानमन्त्री बालेनको शपथ समारोहमा ओली र देउवा अनुपस्थित, ५ पूर्वप्रधानमन्त्री सहभागी

    काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहको आज भएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी  र बाबुराम भट्टराई सहभागी हुनुभएको छ ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्छ । देउवा प्रतिनिधिसभाको निर्वाचनभन्दा अघिदेखि नै विदेशमा हुनुहुन्छ ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १४९ पटक पढिएको
  • बालेनले लिए प्रधानमन्त्री पदको शपथ

    काठमाडौंः रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको छ ।बालेन्द्र शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुहुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो ।यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १३२ पटक पढिएको
  • कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु ‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’

    विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ भव्य रूपमा सुरु भएको छ। चैत १२ गतेदेखि जैन भवनमा सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।घर निर्माणसँग सम्बन्धित सम्पूर्ण सेवा र सामग्रीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणदेखि प्राविधिक क्षेत्रका व्यक्तिसम्मलाई लक्षित गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले घर निर्माण, मर्मत, डिजाइन तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको उल्लेख गर्दै उद्योगी र उप

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १३५ पटक पढिएको
  • रामनवमीको दिनमा पनि घट्यो सुनचाँदीको दाम

    इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १२२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे