इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेपछि शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शाहको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो शीतल निवासमा हुने भएको छ ।बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले शाहलाई सर्वसम्मत रूपमा संस
इटहरी । जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा हुनुका साथै हावाहुरी चल्ने अनुमान गरेको छ ।पश्चिमी वायुको प्रभावका कारण भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिएको र त्यसले नेपालमा पनि असर गर्ने विभागले जनाएको हो । भारतका विभिन्न क्षेत्रमा सावधानीका लागि भारत सरकारले अनुरोध गरेको छ ।विभागका अनुसार अहिलेको प्रणालीले पश्चिम तराईमा वर्षाको सम्भावना थोरै भए पनि अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना रहेको बताइएको छ ।यसअघि चैत ६ र ७ गते पनि देशभर वर्ष
इटहरी । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदद
इटहरी । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीका दिनमा भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत
इटहरी । आज विभिन्न कार्यक्रमका साथ विश्व रङ्गमञ्च दिवस मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।पछिल्लो समय नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् ।रङ्गमञ्चमार्फत् चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा,
काठमाडौंः आज एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाएर लागू गरेको छ ।धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम कार्यप्रक्रिया बनाई लागू गरिएको नेप्सेले जनाएको छ ।मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०८२ फागुन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले लागू भएको जानकारी दिएको थियो । नेप्सेले ल्याएको मार्जिन कारोबार कार्यविधिले साना लगानीकर्तालाई समेत ऋण लिएर शेयर किनबेच गर्ने बाटो खोलेको छ ।अब लगानीकर्ताले आफ्नो पूँजीभन्दा बढी रकम प्रयोग गरी का
काठमाडौंः २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराएका हुन् ।बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।तीमध्ये ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।
काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय भएको हो ।प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो । मंगलबार नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्त
विराटनगरः न्युरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामूलक र्याली निकालेको छ । आज बिहान निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । न्युरो हस्पिटलबाट शुरु भएको र्यालीले विराटनगर महानगरपालिकाका विभिन्न टोल तथा सडकको परिक्रमा गरेको थियो ।चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको र्यालीका सहभागीहरूले ‘छारे रोगबारे घर–घर र टोल–टोलमा कुरा गरौं’, ‘छारे रोग सरुवा रोग होइन’, र ‘समयमै उपचार गरे छारे रोग निको हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।न्युरो हस्पिटलले विगत २२ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर
इटहरी । हिजो आईपीओ सूचीकृत भएको रिज लाइन इनर्जीको पहिलो कारोबार ३० रुपैयाँमा भएको छ । आज स्पेशल प्रि ओपनमा सो आईपीओको पहिलो कारोबार ३० रुपैयाँमा भएको हो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । जसअनुसार १०० रुपैयाँदेखि ३०० रुपैयाँको बीचमा आज सो कम्पनीको आईपीओ किनबेच हुनुपर्ने थियो । तर न्यूनतम मूल्यभन्दा निकै तल सो कम्पनीको कारोबार भएको छ ।अहिले सो कम्पनीको आईपीओ किनबेच गर्न नमिल्ने बनाइएको छ । मार्केट डेप्थमा सर्च गर्दा पनि सो कम्पनीको नाम देखिँदैन । प्राविधिक कारणले ३०० रुपैयाँमा किनबेच हुनुपर्ने ३०