काठमाडौंः २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराएका हुन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।

तीमध्ये ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।