इटहरी । हिजो ह्वात्तै बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ तोकिएको छ ।हिजो सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४१५ रुपैयाँ बढेको थियो ।
इटहरी । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिम
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरि
काठमाडौंः नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज चैत १२ गते हुँदैछ । सो शपथग्रहण समारोहमा केही सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।नेपालको संविधानले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई राज्यको गौरव र पहिचानको रूपमा आत्मसात गरेको छ । सबै भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गर्दै समावेशी समाजको निर्माणमा जोड दिएको छ । जसका कारण चलनचल्तीको नेपाली भाषाबाहेक मातृभाषामा पनि शपथ लिन पाइने व्यवस्था नेपालको संविधानले गरेको छ ।सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह मैथिली भाषामा (रास्वपा)बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद इश्तियाक राई अ
इटहरी । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको
इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो ।बुधबार साँझ एक सूचना जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको हो । यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकेको छ ।दोस्रो वर्गमा डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैस
काठमाडौंः नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।खड्का कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । उनी नेपाल बार एसोसिएसनका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।नेपाली कांग्रेसले असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
इटहरी । चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले सङ्कलन गर्ने कुल बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष फागुनसम्म १० अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएकोमा यस वर्ष सोही अवधिमा बढेर १२ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।बीमा शुल्क सङ्कलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१७ प्रतिशतले बढी हो ।दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड र तेस
विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक गरी रास्वपाबाट १८२ जना सांसद निर्वाचित भएका छन् । तीमध्ये रास्वपाबाट केही स्वास्थ्यकर्मी सदनमा पुगेका छन् ।डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद भएका हुन् ।डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुन् । थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् । राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेड
काठमाडौंः चैत लागेसँगै पेट्रोल र डिजेलको मूल्यवृद्धि भएपछि पनि सरकारले बैज्ञानिक भाडादर समायोजन नगरेको भन्दै यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसमक्ष ज्ञापनपत्र बुझाउँदै भाडादर समायोजन गर्न माग गरेका छन् ।नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले वैज्ञानिक भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागसमक्ष आग्रह गरेका थिए । विभागले पनि भाडा समायोजन गर्न मन्त्रालयमा सिफारिश गरेको थियो ।चैत ५ गते विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार मन्त्रालयमा सिफारिस पठाएको थियो । जसमा १३ वटा सूचकको विग