इटहरी । हिजो ह्वात्तै बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४१५ रुपैयाँ बढेको थियो ।