All Posts By खेमचन्द्र अधिकारी

    Showing १-१० of १,३३१ items.
  • आज पनि घट्यो सुनको मूल्य

    इटहरी । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ० पटक पढिएको
  • प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत

    भोजपुरः नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरको आइतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले अर्जुन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।अधिवेशनबाट उपाध्यक्ष (खुला) मा दीपेन्द्र लुइँटेल, महिला उपाध्यक्षमा सरिता सुनुवार, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा सुष्मा राई र कोषाध्यक्षमा तारा मोक्तान चयन हुनुभएको छ ।सदस्यहरूमा कविता खड्का, एलिना श्रेष्ठ, सागर बस्नेत, सुजन अधिकारी र मनिता कार्की चयन हुनुभएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९ पटक पढिएको
  • रोजितसँग मनका भाव’ मा यसरी बन्यो काव्यिक साँझ

    खोर्सानेः साहित्य, सिर्जनशीलता र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर बाल सञ्जालको आयोजना तथा सिद्धार्थ सेकेन्डरी स्कुल, सुन्दरवाटिका एकेडेमी, क्वेस्ट इङ्ग्लिस स्कुल र हिमालयन इङ्ग्लिस स्कुलको प्रायोजनमा ‘रोजितसँग मनका भावः कविता साँझ’ सम्पन्न भएको छ ।सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कवि रोजित बस्नेतले आफ्ना विभिन्न कविता तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विद्यार्थी तथा अन्य सहभागीहरूले समेत आफ्ना कविता, भावना, विचार र साहित्यिक सिर्जन

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ६४ पटक पढिएको
  • घरको एउटै कोठामा भेटिए २० भन्दा बढी शव

    काठमाडौंः भदौ १० गते आएको बाढीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा २० वटाभन्दा बढी शव एउटै घरभित्र एउटै कोठामा फेला परेका छन् । सो घरमा २२ वटा शव देखिएको र हिजो पानी परेको र राति पनि भइसकेका कारणले सबै शव निकाल्न नसकिएको बताइएको छ ।घण्टीघरभन्दा अलिमास्तिको घरमा ड्रोनमार्फत् खोजी गर्दा ती शव फेला परेको बताइएको छ । हिजो ५ वटा शव निकालिएको र बाँकी आज निकालिने प्रहरीले जनाएको छ ।ती शव पहिचान गर्न नसकिने अवस्थामा भएको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ७४ पटक पढिएको
  • भोजपुरको लुङ्गिनमा व्यावसायिक सुन्तला खेतीतर्फ किसान आकर्षित

    भोजपुरः हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।परम्परागत अन्नबालीमा सीमित रहेका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् ।लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेतीको विस्तार तीव्र गतिमा भइरहेको छ ।त्यसो त किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान तथा प्राविधिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग नियन्त्रणसम्बन्धी सहयोगले किसानलाई थप उत्साहित बनाएको गाउँपालिकाको भनाइ छ ।फलफूल खेतीमार्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ७४ पटक पढिएको
  • पुस्तकको मूल्यबराबरको रकम धरौटी राखेर पुस्तक पढ्न पाइन्छ राष्ट्रिय पुस्तकालय केराबारीमा

    केराबारीः कतिपय पुस्तकालयमा पुस्तक नपाइने वा पाठक नजाने समस्या भए पनि मोरङको केराबारीमा रहेको राष्ट्रिय पुस्तकालयमा भने त्यस्तो समस्याका बाबजुद पनि पुस्तकालय सञ्चालनमा रहेको छ ।२०२४ सालमा स्थापना भएको सो पुस्तकालयमा हाल ७ हजार भन्दा बढी पुस्तक रहेको पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेल बताउनुहुन्छ । पुस्तकालय सञ्चालनका लागि एक जना कर्मचारी हुनुहुन्छ । कर्मचारीको खर्च गाउँपालिकाले बेहोर्ने गरेको छ ।केराबारीका विद्यालयमा रहेका पुस्तकालयलाई समेत व्यवस्थित बनाउन नगरपालिकाले हालै तालिम सञ्चालन गरेको थियो । तालिमपछि पुस्तकालयमा नयाँ विधिअनुसार पुस्तक राख्ने तथा लेखकका पुस्तकको अभिलेखीकरण गर्ने कार्

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १०५ पटक पढिएको
  • आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

    इटहरी । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।हिजो सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो ।चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १०६ पटक पढिएको
  • लेटाङ प्रहरीको नयाँ प्रयोगः हिरासतमा पुस्तकालय

    लेटाङः हिरासतमा बसेका थुनुवाको अध्ययनको सहजताका लागि मोरङको इलाका प्रहरी कार्यालयमा पुस्तकालय सञ्चालन गरिएको छ ।हिरासतभित्र पुस्तकालय सञ्चालन गरेर लेटाङ प्रहरीले हिरासतलाई थुनुवा राख्ने स्थानका रूपमा मात्र बुझ्न नहुने सन्देश दिएको हो । प्रहरीले हिरासत बसाइलाई सुधार र पुनस्र्थापनाको अवसरका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ ।हिरासतभित्र स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू राखिएका छन् । जसले थुनुवाहरुलाई समय सदुपयोग गर्न, मानसिक तनाव घटाउन र सकारात्मक सोच विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।धेरैजसो थुनुवाहरु सामाजिक, आर्थिक वा शैक्षिक कारणले

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९० पटक पढिएको
  • सुन्दरहरैंचामा नयाँ अभ्यास सार्वजनिक पुस्तकालय र शौचालय एकै भवनमा

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा भव्य भवनमा पुस्तकालय र शौचालय सञ्चालन गरिएको छ । पूर्व–पश्चिम राजमार्गमै जोडिएका ती भवनमा तल्लो तलामा युरोपेली मापदण्डमा आधारित अत्याधुनिक शौचालयको व्यवस्था गरिएको छ । शौचालयसँगै पहिलो तलामा स्नान कक्ष, स्मोकिङ जोन र सैलुन रहेको छ । दोस्रो तलामा पुस्तकालय रहेको छ भने माथिल्लो तलामा शौचालय र पुस्तकालयको सरसफाइ गर्ने परिवारको आवास रहेको छ ।हाम्रा धेरै शहर–बजार सार्वजनिक शौचालयविहीन भएको देखेपछि मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले २०७३ देखि नगरपालिका क्षेत्रमा आधुनिक शैलीका आठ ओटा शौचालय निर्माणको अभियान थालेको थियो ।विराटचोकमा व्यापार मेला आयोजना गर

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २५० पटक पढिएको
  • खोलियो गोरखामा पहिरोले आधा घण्टा थुनिएको स्यार खोला

    गोरखाः गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारस्थित चौरीखर्क पारी जंगलमा पहिरो खस्दा स्यार खोला आज बिहान केहीबेर थुनिएको थियो ।बुढीगण्डकीको सहायक स्यार खोलामा पहिरो खस्दा सो खोलामा आधा घण्टा पहिलेभन्दा कम पानी बगेको थियो । स्थानीयका अनुसार अहिले खोलामा पहिलेजस्तै पानी बग्न थालेको छ ।सो क्षेत्रमा दिनहुँ स–साना पहिरो खसिरहेको बताइएको छ । सो पहिरोले थुनिएको खोला थुनिँदा ठूलो बाढी आउने सम्भावना नभए पनि सतर्क रहन भने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ७२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल