काठमाडौंः इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके ७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानमा रहेका चार बच्चासहित २७३ यात्रु र चालक दलका ११ सदस्यलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ ।विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो ।
इटहरीः आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।संसद् सचिवालयका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सो धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्र
धरानः हालै भएको अधिवेशनमार्फत् नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्य समूहअन्तर्गत सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १० मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुँदा सुमन श्रेष्ठ पनि १० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रतिस्पर्धामा झापाका टीकाराम ढकाल पराजित हुनुभयो ।
धरानः सबैभन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको आधारमा नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखा नेपालकै उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।काठमाडौंमा भएको संघको ४३ औँ केन्द्रीय सभामा सुनसरी शाखालाई नेपालभरिका शाखामध्ये उत्कृष्ट शाखाका रूपमा प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्रबहादुर श्रेष्ठले शाखा सभापति निर्मला अधिकारीलाई प्रशंसा पत्र सम्मान गरेका थिए ।परिवार स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको तथा कोभिड–१९ को कठिन समयमा समेत निरन्तर सेवा प्रवाह गरेकोमा शाखा कार्यालयका स्वास्थ्यकर्मी कर्मचारीहरूको उच्
सोलुखुम्बुः सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे हिजो बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको थियो ।पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत तथा यसपटक ट्रेक नेपाल कम्पनीमार्फत् आरोहणमा सहभागी घिमिरेले यसअघि सगरमाथाको चुचुरो चुमिससेका थिए ।
गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ गोठगाउँले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुबा र हजुरआमालाई आज विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । १०० जनाभन्दा बढी अभिभावकलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद फुयालले जानकारी दिनुभयो ।विद्यालयले पुरस्कार वितरण तथा दीक्षान्त समारोहको आयोजना गरी विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायतका अतिथिले खादा तथा उपहार प्रदान गरी अभिभावकलाई सम्मान गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गुरागाईँले पछिल्लो समय स
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र प्रकाशन गरिने जनाएको छ ।योसँगै पहिलो पटक परीक्षा सकिएको एक महिनामा नै नतिजा सार्वजनिक हुन लागेको हो । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा नतिजा छिटो आउन सम्भव भएको बोर्डले जनाएको छ ।बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा समयमा सार्वजनिक गर्नका लागि ३० जनाभन्दा बढी कर्मचारीले सार्वजनिक बिदाको दिनमा पनि काम गरिरहेको बोर्डले जनाएको छ ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेपछि उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिँदै न्यायालयको परम्परा र विधि नमिचिएको बताएका छन् । रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आज लामिछानेले भने, ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ । म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?’ सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषद
इटहरी । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन बैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ सञ्चालन गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । सरसफाइ अभियानको औपचारिक उद्घाटन बैशाख २८ गते बिहान वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने भएको छ ।अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र प्रत्येक हप्ताको सरसफाइ कार्यता
इटहरी । गत साता नेप्से परिसूचक ६.९३ अंक बढेर बन्द भएको छ । गत साता नेप्से ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा अडिएको छ ।सातामा ५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक दुई दिन घटेको थियो ।गत साता नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ । गत साता नेपाली शेयर बजारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूच