All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०९१-१,१०० of १,३५८ items.
  • प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि रास्वपा सांसद विश्वराज पोखरेललाई पार्टीकै सांसदले गरे आलोचना

    इटहरी । मात्रै ५ मतान्तरले ओखलढुङ्गाबाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागत गर्न नआएको भनी दिएको धम्कीपूर्ण अभिव्यक्तिको सर्वत्र विरोध र आलोचना भएको छ ।ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’पूर्वशिक्षामन्त्री मह

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७८ पटक पढिएको
  • आगामी साता देशभर वर्षा हुने सम्भावना, साताको पूर्वार्द्धमा पश्चिमी क्षेत्रमा तातो लहर चल्ने, सतर्क रहन मौसम विज्ञान विभागको अनुरोध

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यसका कारण मध्यम स्तरको तातो लहरको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।विभागले प्रकाशन गरेको बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई ‘सतर्क रहनुपर्ने’ श्रेणीमा राखिएको छ ।डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी जिल्लालाई अध्यावधिक रहनु्पर्ने श्रेणीमा समावेश गरिएको छ ।अधिक गर्मीक

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७८ पटक पढिएको
  • विवादमा परे ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेल

    काठमाडौंः ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । सर्वत्र आलोचना र विरोध भएपछि सांसद पोखरेल विवादित बनेका छन् ।पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २०३ पटक पढिएको
  • थापाथलीको सुकुम्बासी बस्ती हटाएपछि आफैँ घर भत्काउन थाले सिनामंगलका सुकुम्बासीले

    काठमाडौंः आज बिहानैदेखि सरकारले थापाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासीले बनाएका टहरा हटाएपछि काठमाडौंको सिनामंगलस्थित बागमती नदी किनारका सुकुम्बासीले आफैँ आफ्ना घरटहरा भत्काउन थालेका छन् ।बस्ती भत्काउने क्रममा झडप हुन सक्ने आशंकामा आज बिहानैदेखि त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । तर बस्तीमा डोजर चलाउनु अघि नै त्यहाँका सुकुम्बासीले घर टहरा भत्काउँदै सामान ओसार्न थालेका छन् ।प्रहरीले उनीहरुको सामान ओसार्न सहयोग गरिरहेको छ ।सरकारले थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा हटाइसकेको छ । डेरा नखोजेका तथा खोज्दा पनि नपाएका ६ परिवारलाई सरकारले तत्कालका लागि दशरथ रंगशालामा अस्थायी बा

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७८ पटक पढिएको
  • डोजर चल्यो गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि

    काठमाडौंः आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा भत्काएको सरकारले अहिले काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्बासी बस्तीमा बनेका संरचना पनि डोजर लगाएर हटाउन शुरु गरेको छ ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुम्बासी बस्तीका संरचना हटाउन थालिएको हो ।सरकारले वास्तविक सुकुम्बासी पहिचान गरी आवास दिने जनाएपछि थापाथलीस्थित बागमती नदी आसपासका २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएको बताइएको छ ।केही सुकुम्बासी डेरा खोजेर सरेका छन् । सरकारको सम्पर्कमा आएकाहरुलाई तत्कालका लागि दशरथ रंगशालामा राखिएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १६८ पटक पढिएको
  • सुकुम्बासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप, केही स्थानमा हुने भो खानेपानी आपूर्ति बन्द, भिजे सुकुम्बासीले पोको पारेका सामान

    काठमाडौंः थापाथलीस्थित सुकम्बासी बस्तीमा डोजरले संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार फुटेको खानेपानी पाइप मर्मतका क्रममा भल्भहरू बन्द गर्नुपर्ने हुनाले ती क्षेत्रमा खानेपानी वितरण सेवा अवरुद्ध हुने भएको हो ।थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा भत्काउने क्रममा खानेपानीको पाइप फुटेपछि बस्तीमा पानीको भेल बगेको थियो । पानीले सुकुम्बासी बस्तीका बासिन्दाले स्थानान्तरणको लागि पोको पारेका सामान भिजेका छन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १४२ पटक पढिएको
  • थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर, भत्काउन थालियो संरचना, त्यहाँका सुकुम्बासीलाई दशरथ रङ्गशालामा लगिने

    काठमाडौंः थापाथलीको सुकुम्बासी क्षेत्रमा बिहान साढे ८ बजेदेखि डोजर परिचालन गरेर बस्ती खाली गरिएको छ ।ती बस्तीमा आश्रित परिवारलाई तत्कालको लागि दशरथ रङ्गशालामा राखिने भएको छ । केही परिवारले भने कोठा खोजेर सामान सारेको जनाएका छन् ।ती डोजरले सडक छेउका संरचना भत्काउनुका साथै सुकुम्बासी बस्तीभित्रका अन्य संरचना पनि भत्काएका छन् ।संरचना भत्काउनुअघि सो क्षेत्रको बिजुली काटिएको थियो ।थापाथलीको बस्ती खाली गरेपछि काठमाडौं महानगरपालिकाभित्रका अन्य सुकुम्बासी बस्ती पनि हटाइने भएको छ ।हटाइएकामध्ये वास्तविक सुकुम्बासी पहिचान गरेर स्थानान्तरण गरिने सरकारले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १८३ पटक पढिएको
  • मेन्छ्याम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि आजदेखि समाप्त

    इटहरी ।  मेन्छ्याम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता शेयरको लकइन अवधि आज बैशाख १२ गते सकिएको छ ।सो कम्पनीको ४३ लाख ७ हजार २८३ कित्ता शेयरको लकइन अवधि बैशाख १२ गते सकिएको हो । जसमा संस्थापक शेयर ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको शेयर ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको शेयर ३ हजार २४० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।४३ लाख कित्ता शेयर एकै पटक थपिँदा बजारमा सो कम्पनीको शेयरको बिक्री चाप पर्न सक्छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १५७ पटक पढिएको
  • साताको अन्तिम दिन कारोबार हिजो शेयर बजारमा डेढ अङ्कको वृद्धि

    इटहरी ।  साताको अन्तिम कारोबार दिन हिजो नेपाली शेयरबजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५१ कम्पनीको७५ हजार २२९ पटकको कारोबारमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको शेयर किनबेच भएको छ ।शुक्रबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा ७ वटा राताम्य भएका थिए । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.६६ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२२, विकास बैंक ०.२२, होटल ०.३२, हाईड्रो ०.२५ र व्यापार समूह ०.५८ प्रत

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७१ पटक पढिएको
  • आज देशका धेरै स्थानमा बदली हुनुका साथै हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

    इटहरी । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्ब

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १४१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल