All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२७१-१,२८० of १,३७९ items.
  • यस्ता छन् हर्क साम्पाङले प्रधानमन्त्रीसमक्ष राखेको मागपत्रका बुँदा

    धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रातो किताबमा योजना समावेश गर्न भन्दै मागपत्र बुझाएका छन् । मागपत्रको मुख्य बुँदा धरान, वराहक्षेत्र र रामधुनीको खानेपानी समस्या समाधान रहेको छ ।आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न माग गर्दै साम्पाङले ३७ बुँदे मागपत्र बुझाएका हुन् ।यस्ता छन् मागपत्रका बुँदा र मागपत्रमा उल्लेख भएका योजना माग गर्नुको कारणः१. सप्तकोशी धरान खानेपानी आयोजना प्राथमिकतामा पारिनुपर्ने ।कारणः धरान–२०, धरान–४, धरान–१४, धरान–५, धरान–६, धरान–१७ को पट्नाली र खैरेनीलगायतका धरानको मुख्य समतल आवासीय र बजार क्षेत्रल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १३६ पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १३९ पटक पढिएको
  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

    इटहरी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसकारण देशका विभिन्न भागको मौसम आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १४३ पटक पढिएको
  • यस्तो छ मन्त्रीहरुको पहिलेको र अहिलेको मर्यादाक्रम

    इटहरी ।  मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै मंगलबार मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरिएको छ ।मर्यादाक्रममा गल्ती भयो भन्ने कुरा पहिलो दिन नै उठेको र मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए ।अहिले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सहमतिमा पार्टीको वरिष्ठता, अघिल्लोचोटि मन्त्री भएको, नभएको र अन्य राजनीतिक योग्यताका आधारमा नयाँ मर्यादाक्रम तोकिएको बताइएको छ ।अर्थमन्त्री डा. स्वर्णि

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १४३ पटक पढिएको
  • महाकालीमा पुल बनाउने भनेर गएका हर्क साम्पाङले दार्चुलाको घट्टेखोलामा गरे पुलको शिलान्यास

    धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको गर्ने भनी गएका उनले महाकालीको सहायक नदी घट्टे खोलामा पुलको शिलान्यास गरेका हुन् । त्यहाँ रहेको काठे पुललाई हटाएर झोलुङ्गे पुल बनाइने भएको हो ।उनले आफूले पार्टी विस्तारका लागि नभई दार्चुलाबासीलाई राहत दिन पुल निर्माण गर्न लागेको बताएका थिए ।महाकाली नदीमा रहेको तुइन विस्थापित गर्ने योजनाका साथ उनी संसद बैठक पनि छोडेर पश्चिमी सिमाना पुगेका थिए ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७२ पटक पढिएको
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पुगे पाँचौँ क्रममा

    काठमाडौंः सरकारले संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । योसँगै यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् ।प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाँचौँ वरियतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।छैटौँ वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् । साताँै वरियतामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेकी छिन् ।आठौँ वरियतामा महिला, बालबालिका त

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९८ पटक पढिएको
  • दुई वटा मोटरसाइकल ठोक्किँदा लागेको आगोमा परी ३ जना विद्यार्थीको मृत्यु, ३ जना घाइते

    बर्दिबासः एसईई दिएर फर्किरहेका विद्यार्थी सवार रहेका दुई वटा मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ३ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय सुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुघ्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।उनीहरुका आफन्तले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ ।सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २१६ पटक पढिएको
  • सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो, चाँदीको बढ्यो ४० रुपैयाँ

    इटहरी ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रति तोला ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १८३ पटक पढिएको
  • इटहरीमा पनि शाखा राखी शेयर कारोबार गराउँदै आएको ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ पर्याे निलम्बनमा

    इटहरीः विवादास्पद व्यवसायी दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर खरीद गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ ।हिजोको बोर्ड बैठकले कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बोर्ड बैठकले ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ला

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ३०२ पटक पढिएको
  • आज देशका पहाडी भेगका केही स्थानमा र कोशी प्रदेशका तराईका केही स्थानमा वर्षा हुने, भोलि पश्चिम नेपालमा मध्यम वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै छ । जसका कारण आज बिहान देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भोलि चैत २५ गते बिहानैदेखि सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १५७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल