All Posts By खेमचन्द्र अधिकारी

    Showing १,७११-१,७२० of २,०८६ items.
  • ५८०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ७५ रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ५ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८४ पटक पढिएको
  • यी हुन् उद्योग वाणिज्य महासंघको अध्यक्षमा विजयी अञ्जन श्रेष्ठ

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारी आजदेखि अञ्जन श्रेष्ठले सम्हाल्ने भएका छन् । महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए । उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेका छन् । महासंघको ५७ औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।लक्ष्मी ग्रुपसँग सम्बन्धित उनले २०४५ सालदेखि परिवारले सुरु गरेको कन्फेक्सनरी उद्योगमा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २४५ पटक पढिएको
  • टक्सार पिखुवा खोला हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्ने

    इटहरी ।  टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले सामुहिक लगानी कोषहरुका लागि १

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८८ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत प्राप्त गरेका छन् । मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उम्मेद्वारमध्येबाट १३ जना विजयी भएका छन् ।अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने ४ जनाको भने मत बराबरी (५०–५० मत )भएका कारण गोलाप्रथा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २२५ पटक पढिएको
  • १२ कक्षाको परीक्षामा शिक्षकले नै चिट चोराएपछि विराटनगरका दर्जन बढी विद्यालयलाई सोधियो स्पष्टीकरण

    विराटनगरः कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले मोरङको विराटनगरका १४ वटा विद्यालयलाई स्पष्टीकरण सोधेको छ । विराटनगरस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले ती विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका छन् ।अनुगमनका क्रममा सोमबार ७ विद्यालय र मंगलबार ७ विद्यालयले अमर्यादित गरेको पाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्पष्टीकरण सोधिएका विद्यालयहरूमा जनपथ मावि, सिटी मावि, ग्रीनल्याण्ड मावि, राधाकृष्ण भूपालमान सिंह मावि, अर्किड मावि, मेरील्याण्ड मावि, आदर्श बालिका मावि, बालकल्याण विद्यामन्दिर, गोग्राहा म

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २०३ पटक पढिएको
  • आज पनि देशका धेरै स्थानमा वर्षा र हिमपात हुने, २४ घण्टामा सुनसरीको चतरामा सबैभन्दा धेरै वर्षा

    इटहरी ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।गत २४ घण्टामा सुनसरीको चतरामा सबैभन्दा धेरै ७६.३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति कोशी प्रदेशक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६६ पटक पढिएको
  • अवरुद्धमध्ये केही मुख्य राजमार्ग खुले, केही बन्द

    इटहरी ।  वर्षापछि आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुचारु भए पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध छन् ।प्रहरीका अनुसार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्ति लोकपथ सडकखण्ड, मकवानपुर भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायातका साधन चल्न थालेका छन् ।भोजपुर नगरपालिकाअन्तर्गत बोखिमको मध्यपहाडी लोकमार्ग

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २२६ पटक पढिएको
  • हिजो साढे ३ अर्बको पनि भएन शेयर कारोबार

    इटहरी ।  शेयर बजारमा हिजो  केही सुधार देखिए पनि कारोबार रकमले भने साथ दिएको छैन । आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७१२.८६ विन्दुमा अडिएको छ ।हिजो  नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको शेयर कारोबार भएको छ ।७ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.४३ प्रतिशत, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फण्ड ०.४४ र अन्य ०.०८ प्रतिशतले बढेका छन् ।व्य

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १९० पटक पढिएको
  • सुन्दरहरैंचाको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु, दुई जना घाइते

    सलकपुरः आज दिउँसो पौने १२ बजे मोरङको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा एकै दिशातर्फ गइरहेको ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २२५ पटक पढिएको
  • गोग्राहा माविमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

    विराटनगरः  मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ स्थित गोग्राहा माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।नारी विकास केन्द्रीय कार्यालय विराटनगर र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी तथा जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा कार्यक्रम भएको थियो ।कार्यक्रममा विद्यालयमा अध्ययनरत ७३ जना छात्र छात्राहरु सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल