All Posts By खेमचन्द्र अधिकारी

    Showing ८८१-८९० of १,३५४ items.
  • बैशाखमा बढ्यो घरजग्गा कारोबार

    काठमाडौंः बैशाखमा देशभर घरजग्गा कारोबार बढेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार बैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत् ५८ हजार ८८६ वटा घरजग्गा किनबेच भएका छन् । यो संख्या चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो ।चैत महिनामा ५५ हजार ५३१ वटा कारोबार भएका थिए । गत वर्षको यही अवधिसँग तुलना गर्दा पनि घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैशाखमा ५२ हजार ४१५ वटा कारोबार भएका थिए ।कारोबार बढेपछि राजस्व पनि बढेको छ । चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा बैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ संकलन भएको थियो

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ११५ पटक पढिएको
  • इबोलका कारण कंगोमा ८० जनाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठनद्वारा अन्तर्राष्ट्रिय सङ्कटकाल घोषणा

    इटहरी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्लुएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।बीबीसीका अनुसार हालसम्म करिब २४६ जनामा संक्रमण भएको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ ।डब्लुएचओले यो अवस्था अझै विश्वव्यापी महामारीको मापदण्डमा नपुगेको स्पष्ट पारेको छ । संगठनका अधिकारीहरूले प्रकोप गम्भीर भए पनि नियन्त्रणबाहिर नप

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ३६२ पटक पढिएको
  • इन्द्रपुर समस्त भजन सञ्जालद्वारा विविध धार्मिक कार्यक्रम

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित इन्द्रपुर समस्त भजन सञ्जालले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार काली मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामूहिक आध्यात्मिक गतिविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न भजन टोलीले भजन प्रस्तुत गरेका थिए ।समाजमा नैतिकता, सद्भाव र मानव सेवाको महत्वबारे धार्मिक प्रवचनमार्फत् चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ९५ पटक पढिएको
  • यस्तो छ असार १५ सम्मको संसदीय क्यालेन्डर

    काठमाडौंः प्रतिनिधिसभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ । क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५५ बमोजिम शनिबार प्रतिनिधिसभाको आगामी १५ असारसम्मको क्यालेन्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ । नियमालवीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक मह

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १४९ पटक पढिएको
  • मृतक महिलाको कानबाट मुन्द्री हराएपछि ग्रीनक्रस हस्पिटलले तिर्याे १ तोला सुनको दाम

    विराटनगरः विराटनगरस्थित रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनका मुन्द्री चोरी भएपछि अस्पतालले एक तोला सुनको मूल्य क्षतिपूर्तिबापत पीडित परिवारलाई दिएको छ ।उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आज मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्री अस्पतालको शय्याबाटै गायब भएको थियो । सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज विराटनगर रेफर गरिएको थियो । तर, एम्बुलेन्स चालकले उनलाई ग्रीनक्रस हस्पिटल पुर्याएका थिए । आज बिहान उपचारकै क्रममा सबिनाको मृत्यु भएको थियो ।अस्पताल ल्याउँदा र उपचारका क्रममा सबिनाक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २४७ पटक पढिएको
  • जङ्गलमा बेवारिशे अवस्थामा फेला परेको नवजात शिशु जिम्मा लगाइयो निःसहाय बालबालिका सेवा आश्रमलाई

    तरहराः इटहरी–२० तरहरास्थित जंगलमा घाँस काट्न गएकी महिलाले झाडी छेउमा एक नवजात शिशु फेला पारिन् ।ती महिलाले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरी शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगियो ।उपचारका क्रममा चिकित्सकहरूले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत् शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ ।शिशु कसले जङ्गलमा छोडेको हो भन्ने विषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २१४ पटक पढिएको
  • देशभरका सुकुम्बासीको बृहत् प्रदर्शन बुटवलमा

    बुटवलः नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा देशभरका सुकुम्बासीले आज रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ ।बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन शुरु भएको प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी भएको बताइएको छ ।दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १५८ पटक पढिएको
  • टेन्डीको ‘एआई एनभीआर’ विराटचोकमा सार्वजनिक

    विराटचोकः सुरक्षा प्रविधिसम्बन्धी कम्पनी टेन्डी टेक्नोलोजिजले नयाँ ‘एआई एनभीआर’ तथा आधुनिक सिसी क्यामेरा प्रणाली सार्वजनिक गरेको छ ।हिजो मोरङको सुन्दरहरैँचा–१२ स्थित पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कम्पनीले अत्याधुनिक सुरक्षा प्रविधियुक्त उपकरण सार्वजनिक गरेको हो । सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।कार्यक्रममा बोल्दै कम्पनीका नेपाल प्रमुख नवीन भण्डारीले आधुनिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित नयाँ प्रविधि नेपाली बजारमा ल्याइएको बताउनुभयो । कम्पनीका अनुसार एआई प्रविधियुक्त एनभीआरमा उच्चस्तरीय फेस

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६७ पटक पढिएको
  • ४ करोडको भवन अढाइ करोडमा लिलाम गर्न लागेपछि सांसद लालविक्रम थापाद्वारा प्रक्रिया रोक्न माग

    इटहरीः समस्याग्रस्त अम्बे बचत तथा ऋण सहकारी संस्थाको भवन न्यून मूल्यमा लिलाम बिक्री हुन लागेपछि लिलामी प्रक्रिया रोक्न सांसल लालविक्रम थापाले माग गरेका छन् ।अढाई करोडमा लिलामी गर्न लागिएको सो भवनमा ४ करोड रुपैयाँ खर्च भएको सांसद लालविक्रम थापा बताउनुहुन्छ ।सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘सम्पत्तिमाथिको संवैधानिक हक, सहकारी ऐन, नियमावली तथा मुलुकी देवानी संहिताले प्रदत्त गरेको अङ्सियार शेयरधनीहरू समेत बचतकर्ताको हक अधिकार नजर अन्दाज गर्न कसैलाई छुट छैन ।झन्डै १५ वर्षअघि इटहरीका नागरिकको करिब ३ करोड लगानीमा घर जग्गा खरिद पश्चात करिब १ करोड थप लगानी गरी तला थप र मर्मतसमेत गरिएको अम्बे सहकारी

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५२९ पटक पढिएको
  • आजदेखि गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड स्नान शुरु

    विराटचोकः रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला शुरु भएको छ ।गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको विशेष मेला १० दिन लाग्ने गर्दछ । मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।निलाद्री पर्वत अर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट ४ हजार ३८० मिटरको उचाइमा रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ ।कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि एक पटक गोसाइँकुण्ड पुग्नै

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल