कानेपोखरीः पर्यटक भिसामा आएर क्रिश्चियन धर्मको प्रचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरुको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको जनाइएको छ ।
स्वास्थ्य शिविरका लागि आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाएको जनाएको छ ।
कात्तिक ८ गते देखि चार दिनसम्म सञ्चालन गर्ने गरी शुरु भएको शिविरमा १० जना विदेशी नागरिकसहितले सेवा दिइरहेका थिए ।
स्वास्थ्य शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको बताइएको छ ।
पक्राउ पर्नेमा तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकाका नागरिक रहेका छन् ।
अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा क्रिश्चियन धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो ।

















