काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ । बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
विराटनर - मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा कृष्ण प्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका छन्।त्यस्तै सदस्यहरूमा अञ्जली देवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सीता देवी अधिकारी( लामिछाने) , सुरेश कुमार भट्टराई, स
विराटनगर -मोरङ चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले विराटनगरको खस्कँदो व्यापारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमापार भारतीय बजारको आकर्षण, व्यापार नीतिको अस्पष्टता, र युवाशक्तिको तीव्र पलायनले आन्तरिक बजार धरासायी बन्दै गएको वक्ताहरूको निष्कर्ष थियो।कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशबाट सबैभन्दा बढी कफी निर्यात गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विस्तारमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो।विराटनगर महानगरका प्रमु
वीरगञ्ज । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिले गत आर्थिक वर्षभित्र नै मन्दिरको सिँढीमा रेलिङ तथा सौन्दर्यकरणको काम सम्पन्न गरे पनि भुक्तानी प्राप्त गर्न झन्झट व्यहोर्नुपरेको गुनासो गरेका छन् ।समितिले उपभोक्ता समितिमार्फत पर्टेवासुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको सिँढी तथा सौन्दर्यकरणका लागि ३९ लाख १० हजार १९ खर्च गरे पनि पर्यटन विकास कार्यालयबाट भुक्तानी प्राप्त गर्न नसक्दा सास्ती व्यहोर्नुपरेको बताएका छन् ।दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले उपभोक्ता समितिमार्फत उधारोमा स्टिलका पाइप, सिमेन्टलगायत पूर्वाधार
काभ्रेपलाञ्चोक । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गर्नुभयो । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता ह्ुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराउनुभयो । उहाँले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप का
झापा । विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन्।नगरका विभिन्न वडामा सातवटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य संकलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ। किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी संकलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए।उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३ लाख २३ हजार ५४० रूपैयाँ मूल्यबराबरको २७६ मेट्रिकटन तरकारी संकलन भएको थियो।नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक
जनकपुरधाम । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१–८२ मा तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व सङ्कलन गरेको छ ।सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकमा मन्त्रालयअन्तर्गतको आठ जिल्लाको कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८१ को साउनदेखि २०८२ को असारसम्ममा सो कार्यालयले चालक अनुमतिपत्र वितरण, नवीकरण, नयाँ सवारीसाधनको दर्ता, सवारीसाधन नवीकरण तथा रुटपरमिट, नामसारी र पटकेकरलगायत विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन भएको जनाइएको छ ।सो मन्त्रालयअन्तर्गत यातायात व्यवस्था कार्यालय राजविराजबाट ११ करोड ७५ लाख ९२ हजार
सिरहा । सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । आव २०७९–८० मा जम्मा१९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०–८१ मा ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत आव २०८१–८२ मा ७० लाख छ हजार राजस्व सङ्कलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ ।छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक सरदर छ लाख बराबरको राजस्व सङ्कलन भइरहेको छ । उहाँले भन्नुभयो, “सामान्यतः खाद्यान्न, किराना सामग्री, मेलापर्वका लागि आवश्यक सामग्री, खेलौना र सजावटका वस्तुहरू यो भन्सार नाका
विराटनगर — विराटनगरका उद्योगीहरूले औद्योगिक पूर्वाधार निर्माणमा सरकारले अपेक्षित चासो नदिएको गुनासो गरेका छन्। उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारको भूमिकाप्रति गहिरो असन्तुष्टि जनाउँदै, पूर्वाधार निर्माणको सारा बोझ निजी उद्योगीहरूले मात्र बोक्नुपरेको बताएका हुन्।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सरकारको भूमिका औपचारिक र सीमित मात्रै रहेको टिप्पणी गर्दै भने, “उद्योग स्थापनामा मुख्य खर्च जग्गा र पूर्वाधारमै जान्छ, तर सरकारले पूर्वाधारको पहुँच सहज बनाउन कुनै गम्भीर प्रयास गरेको देखिँदैन।”उनले सुनसरीको बर्जु गाउँपालिकास्थित अमडु
मोरङ, साउन १३ – कटहरी खण्डअन्तर्गतको हुलाकी राजमार्गको ६ किलोमिटर सडक खण्डमा निर्माण सुरु भएको चार वर्ष बितिसक्दा समेत जम्मा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ। निर्माण कार्यको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले पटक–पटक आश्वासन दिए पनि सडक अलपत्र अवस्थामा रहँदा स्थानीयले बारम्बार सर्वदलीय र सर्वपक्षीय आन्दोलन, धर्ना तथा सडक अवरोधजस्ता कार्यक्रम गरी आवाज उठाउँदै आएका छन्।२०७८ सालमा सम्झौता भएको यो आयोजना २०८२ जेष्ठ ३० गते म्याद सकिँदासम्म पनि उल्लेख्य प्रगति हुन नसकेकोले अब म्याद थप नगर्ने निर्णय गरिएको छ।सडक निर्माणमा देखिएको ढिलासुस्ती र जनताको चर्को असन्तोषलाई ध्यानमा राख्दै सोमबार