इटहरी । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् ।‘आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ’, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने ।आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको
बिराटनगर , मोरङ ।कोसी प्रदेश प्रहरी प्रमुखका रूपमा हालै सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीलाई मोरङ उद्योग व्यापार संघले स्वागत गर्दै संघमा एक कार्यक्रमको आयोजना गरी छलफल गरेको छ।संघका कार्यवाहक अध्यक्ष अनिल कुमार साहको नेतृत्वमा उपाध्यक्ष (वाणिज्य) अनिल सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी तथा कार्यकारिणी सदस्यहरू मनिष कुमार मारु, देवाशिष गोल्छा, अमित राठी, गोपाल अग्रवाल, डा. बन्दना जैन र आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखा सहभागी थिए।कार्यक्रममा कार्यवाहक अध्यक्ष साहले डिआईजी कार्कीलाई स्वागत गर्दै कोसी प्रदेशमा सफल कार्यकालको शुभकामना
झापा, बिर्तामोड – बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडका युवा तथा सक्रिय व्यवसायी निर्मल भट्टराईले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। संघको कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका हुन्।संघका विशिष्ट सदस्य समेत रहेका भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा योगदान दिएका हुन्। उनले कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म हरेक वर्ष जन्मदिनको अवसरमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।श्रीमती सुमित्रा भट्टराईसहित संघको कार्यालयमा उपस्थित भएका उनले कोष व्यवसायीहरूको हितमा उपयोगी रहेको उल्लेख गर्
विराटनगर, जेठ ९ – उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित ENSSURE परियोजनाको प्राविधिक सहयोगमा र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा विराटनगरमा सीप उत्सव २०८२ भव्य रूपमा आयोजना हुने भएको छ।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना ले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिएका हुन्। अध्यक्ष सुरानाले भने, “सीप बिना काम खोज्न गाह्रो छ, र सीप बिना काम दिन पनि। दक्ष जनशक्ति उत्पादन गर्न यो उत्सव आयोजना गरिएको हो।” उनले सीप हासिल गरेका युवालाई स्वदेशमै रोजगारीका अवसर दिनु आवश्यक रहेको उल्लेख गरे।उत्स
इटहरी । बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो। यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो।सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय र
इटहरी : इटहरीमा जारी जुत्ता चप्पल मेला जेठ ६ गतेसम्म सञ्चालनमा हुने भएको छ ।इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा चैत २० गतेदेखि मेला सञ्चालनमा आएको हो । नेपाली ब्राण्डका जुत्ता चप्पलहरू ५० प्रतिशत सम्मको छुटमा विक्री भइरहेका छन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेको आयोजना नेपाली जुत्ता घर प्रालिले जनाएको छ । नेपाली जुत्तालाई नेपालीको खुट्टामा पुर्याउने उद्देश्यले सञ्चालित मेला निक्कै लोकप्रिय भएको छ । बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रन सुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले
बिराटनगर , – कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गर्न लागेको पहिलो लगानी सम्मेलन तथा पर्यटन वर्ष २०८२ कार्यक्रमलाई निजी क्षेत्रले पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले नेपाल कृषि बजार विकास कार्यक्रम ‘सहज विराटनगर’को सहकार्यमा आयोजना गरेको “कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती” विषयक अन्तर संवाद कार्यक्रममा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूले संयुक्त रूपमा प्रदेश सरकारको प्रयासलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विभिन्
विराटनगर, भोजराज घिमिरे - कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत्, पूर्वाधार निर्माण लगायतका आठ क्षेत्रका ५४ परियोजनामा १ खर्ब ३९ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आउने विश्वास गरिएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा औद्योगीकरण, रोजगारी सृजना, र आर्थिक समृद्धिका लागि सम्मेलन ऐतिहासिक हुने बताए।मुख्यमन्त्री कार्कीका अनुसार, स्वदेशी, निजी क्षेत्र, ग
इटहरी - इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्राण्डका जुक्ता विक्री भइरहेका छन् । बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्रीमा राखिएका हुन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेका छन् । नेपाली जुत्तालाई बजारमा पुर्याउने उद्देश्यले सञ्चालित मेला विगतका बर्सहरूमा जस्तै देशैभरी चलिरहेको छ । देशैभर विभिन्न सहरहरूमा एकैसाथ मेला लागिरहेकाले जुत्ता उत्पादन कारखानाले उत्पादन र विक्रीलाई सँगसँगै लगेका छन् । नेपालमै उत
इटहरी- देशको सार्वजनिक यातायात प्रणालीलाई हरित र दिगो बनाउने लक्ष्यका साथ, एरिना समूहले ईटहरीलाई केन्द्रीय केन्द्र बनाएर १०० वटा विद्युतीय (ईभी) सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भएको छ।यो पहल नेपालको पूर्वी क्षेत्रमै पहिलो ठूलो स्तरको ईभी सार्वजनिक यातायात आयोजना हो। एरिना समूहका अनुसार, आधुनिक सुविधासहितका यी गाडीहरूले यात्रुलाई स्वच्छ, शान्त र दिगो यात्रा अनुभव दिनेछन्।समूहका प्रबन्धक समिर कार्कीले बताएका छन्, “हामी जलवायु परिवर्तन विरुद्धको अभियानमा योगदान दिने तथा देशको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं।”ईभी सवारी सञ्चालनसँगै चार्जिङ स्ट