नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिलाई कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रदेश महासंघ घोषणा गर्दै सम्मान प्रदान गरिएको छ।महासंघको ५९औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत रहेका सातवटै प्रदेश समितिहरूमध्ये कोशी प्रदेश समितिले उल्लेखनीय कार्यसम्पादन गर्दै अग्रणी स्थान हासिल गरेपछि यस वर्षको उत्कृष्ट प्रदेश महासंघको उपाधि प्राप्त गरेको हो।कार्यक्रममा नेकपा एमालेका अध्यक्ष त
तेह्रथुम, चैत २८ – कोशी प्रदेश सरकारले समृद्धि, विकास र पर्यटन प्रवर्द्धनको दीर्घकालीन लक्ष्यसहित ‘प्रदेश पर्यटन वर्ष २०८२’ को भव्य रुपमा औपचारिक शुभारम्भ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य आरआर गार्डेनमा आयोजित विशेष कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा पर्यटन वर्ष उद्घाटन गरिएको हो।उद्घाटन समारोहमा मन्तव्य दिंदै मन्त्री सिंहले पर्यटन वर्ष घोषणा कोशी प्रदेशको लागि ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै भने, “धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको अपार सम्भावना बोकेको यो प्रदेशको समुचित विकासले र
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तर्जुमा गर्ने सिलसिलामा नेपाल सरकार अर्थ मन्त्रालयले सोमबार मोरङ उद्योग व्यापार संघमा आयोजना गरेको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा उद्योग क्षेत्रका अग्रणी संघसंस्थाहरूले उद्योगमैत्री कर नीतिको माग गरेका छन्।कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कच्चा पदार्थको भन्सार दरमा एकरूपता ल्याउन माग गर्दै भारतबाट आयात हुने गहुँमा ५ प्रतिशत र तेस्रो मुलुकबाट आउने गहुँमा १० प्रतिशत भन्सार दर हुनु असमान भएको तर्क गरे। उनले पहुँचको भरमा दिइने अनुदानको विभेदकारी व्यवस्था हटाउन सरकारको ध्यानाकर्षण गराए।नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकु
बिर्तामोड झापा – बिर्तामोड उद्योग वाणिज्य सङ्घको सातौँ वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता रहेको थियो।उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू, झापा ज
मोरङ, उर्लाबारी – घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजना र ई.टी.सी. ट्रीटमेन्ट, इटहरीको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका–७ स्थित उर्लाबारी चोकमा ४५ दिने ढाका बुनाइ तालिम सुरु गरिएको छ।स्थानिय महिलालाई आत्मनिर्भर बनाउँदै रोजगारमुखी सीपमा अभिवृद्धि गराउने उद्देश्यले सुरु गरिएको तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत भवानी घिमिरेले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले सीप आधारित तालिमहरूले स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्ने बताउँदै सहभागी महिलालाई यसलाई अवसरको रूपमा लिन आग्रह गरे।उक्त तालिममा उर्लाबारी निरु ढाका कपडा उद्योगकी सञ्चालिका निर्मला च
खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष तथा वरिष्ठ उद्योगी श्री राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राउतले खोटाङको आर्थिक विकास र व्यवसाय प्रवर्द्धनमा नेपाल उद्योग वाणिज्य महासङ्घ सदैव साझेदारको रूपमा रहने स्पष्ट पारे। उनले ग्रामीण भेगमा उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय निकाय र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।सभामा खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राजन आचार्यले स्वागत मन्तव्य राख्दै जिल्लाको आर्थिक अवस्थाबारे जानकारी गराए। उनले खोट
विराटनगर, चैत २२– महिलाहरूलाई स्वरोजगार बनाउन लक्ष्य राख्दै महिला व्यवसायिक कृषि समूह विराटनगर-११ ले अचार बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न गरेको छ। तालिम चैत १५ गतेदेखि २२ गतेसम्म विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको थियो।तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए। मुख्य प्रशिक्षकका रूपमा मालती उपाध्याय आचार्यले प्रशिक्षण दिएकी थिइन्। तालिम समापन कार्यक्रममा उनलाई महिला व्यवसायिक कृषि समूह मोरङद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो। तालिम मा सहभागी १५ जाना लाई सिपमूलक कार्यक्रम अचार वनाउने तालिम मा सहभागी भएर कुशलतापूर्वक स्वरोजगारमूलक सिप हासिल गर्नु भएकोमा प्रमाण पत्र प्रदान गरिएक
विराटनगर - ६८ औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। विराटनगरमा आयोजित विशेष समारोहमा विभिन्न कार्यक्रमसहित सहकारी दिवस मनाइएको हो।कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरे। उनले मोरङ जिल्लामा ४० प्रतिशतभन्दा बढी जनसंख्या सहकारीमा आबद्ध भएकाले सहकारी नै जीवनशैलीको अभिन्न हिस्सा भएको बताए। साथै, सहकारीको गतिविधिमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै, बहुउद्देश्यीय सहकारीहरूलाई बिना ब्याज लगानी गर्न सरकार तयार रहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारीसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै कुनै पनि उद्योगको प्
विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरियो।दीप प्रज्वलन कार्यक्रम उपसमिति संयोजक सीता लामिछानेको संयोजनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।यसैक्रममा, चैत १८ गते सोमबार साँझ ४ बजे विराटनगरको पु
इटहरी - जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा इटहरीमा जुत्ता मेला हुन लागेको छ । बुधवार देखि इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा मेला हुने भएको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल क