आर्थिक

    Showing १,०८१-१,०९० of १,२७२ items.
  • फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    इटहरी । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ८, २०८१
    • ३८६ पटक पढिएको
  • इलामका खनाल परिवारले फलाए ३४ लाखको अलैंची

    इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको संख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उनले यसै वर्ष ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्व वडाध्यक्ष समेत हुन् । सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको ख

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ४२९ पटक पढिएको
  • हिजो तोलामा १७ सय घटेको सुनको मूल्य आज थप घट्यो, चाँदी पनि सस्तियो

    इटहरी । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। विगत केही दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। विगत डेढ महिनामा सुनको मूल्य तोलामै साढे २२ हजार घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो। आज सुन ताेलामा पाँचसय रुपैयाँ घटेकाे छ।आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार सातसय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो।सोमबार र मंगलबार दुई दिनमा जम्मा ६ सय बढेको सुनको मूल्य बुधबार प्रतितोला सातसय रुपैयाँ घटेको थियो। हि

    • प्रकाशित मितिः पुस ५, २०८१
    • २८७ पटक पढिएको
  • एकै दिन २२ सय रुपैंयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    इटहरी । गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट आएको छ। गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको हो। गएको शुक्रबार पनि सुन एक हजार दुईसय रुपैयाँ घटेको थियो।सुनको मूल्य आज तोलाको एक लाख ५० हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँ थियो। गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधार दुई हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार स्थिर थियो। शुक्रबार प्रतितोला १२ सय रुपैयाँ घटेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ।गएको शुक्रबार

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २४३ पटक पढिएको
  • झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन

    झापा । झापामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विम

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • २२६ पटक पढिएको
  • लगातार घटेको सेयरबजारले पाएन टेवा, बिहीबार फेरि ३३ अंकले घट्यो नेप्से

    इटहरी । लगातार ५ दिनदेखि घटेको सेयरबजारले बिहीबार पनि टेवा पाउन सकेन। बुधबार ४५ अंकले नेप्से बढे पनि बिहीबार त्यसले निरन्तरता भने पाउन नसकेको हो। बिहीबार नेप्से सूचक पुन: ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा आइपुगेको हो। समग्रमा यो साता नेप्से ६८ अंकले नेप्से घटेको छ। नेप्सेले २७ सय अंकमाथिको यात्रा गर्न नसक्दा लगानीकर्ताले कारोबारलाई समेत खुम्च्याउन थालेका छन्।आइतबार ७ अर्ब ३५ करोडको कारोबार गरेका लगानीकर्ताले बिहीबारसम्म आइपुग्दा कारोबारलाई घटाएर ६ अर्ब १४ मा सीमित राखेका हुन्। बुधबार ४५ अंकले बढेको बजारमा पनि लगानीकर्ताले ५ अर्ब मात्रैको कारोबार गरेका थिए। यसर्थ यो हप्ता लगानीकर्ता कारोबारमा भने

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २८९ पटक पढिएको
  • सेयरबजारमा ५ अर्बको कारोबार, बैंकिङमा उत्साह

    इटहरी । सेयरबजारमा आज कारोबार रकम ५ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १ करोड ८३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा पनि आज उच्च अंकले वृद्धि भएको छ।नेप्से सूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा आइपुगेको दिन २ सय ११ वटा सेयरको मूल्य बढेको छ। यस्तै २९ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।आज कम्पनीहरुको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ। बुधबार जानकी फाइनान्सको सर्वाधिक ३६ करोडको सेयर कारोबार भएको छ।बैंकिङ समूहमा उत्साह देखिएको छ। यस समूहको सूचक ३.४३ प्रतिशतले बढेको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • २१३ पटक पढिएको
  • खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु

    सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु चार हजार दुई सय तोकेको छ ।जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • २१३ पटक पढिएको
  • सुनकाे भाउ घटेकाे घटेइ ,१५ दिनमा २१ हजारले घट्याे

    इटहरी । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ । आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ती शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । अस्ती शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो । त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरा

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • ३१५ पटक पढिएको
  • इलाममा २३ करोडको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै

    इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो ।नगर प्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनु हुन्छ’, उनले भने, ‘योे मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’ अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरण समेत

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • २५३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल