इटहरी । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।