आर्थिक

    Showing ५३१-५४० of १,०५५ items.
  • अन्तर्राष्ट्रिय तनाव र डलर कमजोरिँदा सुनको मूल्य उकालो, एकैदिन २० हजारको छलाङ

    बिराटनगर -स्थानीय बजारमा सुनको मूल्यले अस्वाभाविक उचाइ छोएको छ। बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार एकैदिन २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य वृद्धिदर तीव्र बनेको छ।माघ सुरु भएयता मात्र १५ दिनको अवधिमा सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँले बढिसकेको छ। पुस ३० गते प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ रहेको सुन हाल ऐतिहासिक महँगो बन्दै गएको छ।स्थानीय होइन, अन्तर्राष्ट्रिय असरनेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार भन्सार

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २५० पटक पढिएको
  • सामान्य अङ्कले बढेको शेयर बजारमा कारोबार रकममा भने गिरावट

    इटहरी । आज शेयर बजार सामान्य अङ्कले बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २७३१.५९ विन्दुमा पुगेको छ । नेप्से आज ० दशमलव १८ प्रतिशतले बढेको हो ।नेप्सेमा सूचीकृतमध्ये ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर १ लाख २१ हजार ९९२ पटक किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।नेप्सेमा सूचीकृत समूहमध्ये ८ वटामा हरियाली छाउँदा आज वित्त समूह सर्वाधिक अर्थात् १.२४ प्रतिशतले बढेको छ । लगानी समूह सर्वाधिक अर्थात ०.१६ प्रतिशतले घ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १६३ पटक पढिएको
  • सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान , ताेलाकै पुग्याे ३ लाख १८ हजार , चाँदिकाे कति ?

    इटहरी । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १५२ पटक पढिएको
  • तोलामा साढे ९ हजार रुपैयाँ बढेर सुनको भाउले आज लगातार पाँचौँ दिन पनि बनायो उच्च मूल्यको रेकर्ड

    इटहरी ।  आज लगातार पाँचौँ दिन सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला ४३० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १७९ पटक पढिएको
  • लगातार चौथो दिन सुनचाँदीको भाउले बनायो उच्च मूल्यको रेकर्ड

    इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ८७० रुपैयाँ निर्धारण भएको छ । सुनचाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २०३ पटक पढिएको
  • कुखुराको भाले खसी बनाउन माहिर जानकी चौधरी , वर्षमा ६ लाख सम्म आम्दानी

    दाङ। घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउछिन ।“स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ”, उनले भने, “यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।” बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउछिन् ।आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आउनुभएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएको बताइन । अ

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १६३ पटक पढिएको
  • घट्यो नेप्से सूचक, बढ्यो कारोबार रकम, ५ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

    इटहरी ।  निरन्तर बढिरहेको शेयर बजार आज सामान्य अङ्क घटेको छ । बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा आज नेप्से ३.०७ अङ्कले घटेर २ हजार ७६९.०९ विन्दुमा अडिएको अनुमान गरिएको छ ।बजार घटे पनि आज कारोबार रकम भने आइतबारको तुलनामा २० प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भएको छ । आज ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १ लाख ४७ हजार ६७६ पटक किनबेच भएका थिए ।आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको सूचक बढेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक भने तल झ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ३१५ पटक पढिएको
  • उम्मेदवारको छुट्टै खाता खोल्न बैंकहरूलाई बाटो खुल्यो

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको नयाँ खाताको व्यवस्था गरिएको छ।निर्वाचन आयोगले गत शुक्रबार राष्ट्र बैंकलाई पत्राचार गरेसँगै केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गरेको हो। योसँगै बैंक तथा वित्तहरूलाई उम्मेदवारको छुट्टै खाता खोल्ने बाटो खुलेको छ।राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा प्रदेश निर्वाचन कार्यलय वा जिल्ला निर्वाचन कार्यलयको सिफारिसमा आम निर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न भनिए

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १७० पटक पढिएको
  • लगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड, सुनचाँदीको भाउ ३ लाख रुपैयाँभन्दा माथि अडिँदै

    इटहरी ।  आज तेस्रो दिन सुनचाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै लगातार तीन दिन सुनको भाउ ३ लाख रुपैयाँभन्दा माथि कारोबार भएको हो । आज सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ७६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २९० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २५० पटक पढिएको
  • आजदेखि आईपीओ निष्काशन गर्दै भुजुङ हाइड्रोपावर

    इटहरी ।  भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेकाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ ।दोस्रो चरणमा कर

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १६५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल