इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनके भाउ तोलामा ४ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ आज प्रतितोला ४ हजार ८७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।