बेलबारीः पुस २५ गतेदेखि बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’ मा सात दिनमा ४० हजार दर्शकले अवलोकन गरेका छन् । ५० लाखको कारोबार भएको छ ।आयोजकका अनुसार महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै आर्थिक कारोबार पनि सन्तोषजनक रहेको छ । महोत्सवको सातौँ दिनसम्म ५० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको छ ।महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटलका स्टल रहेका छन् । महोत्सवलाई रोचक बनाउन दैनिक रूपमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् ।महोत्सवलाई मनोरञ्जनका साथै चेतनामूलक बनाउने उद्देश्यले आग
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ५ हजार ६४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ घटेको थियो ।
इटहरी । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा क्रमशः १५५ रुपैयाँ र १३५ रुपैयाँ निर्धारण गरिएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा १५३ रुपैयाँ ५० पैसा र १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।इन्डियन आयल कर्पोरेसनबाट म
विराटचोकः हरेक महिना ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।बैंकहरुसँग तरलता बढी भइरहेका कारण हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसतमा ४.६८४५ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । यो पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम हो ।व्यक्तिगत मुद्दति निक्षेपमा २० वाणिज्य बैंकमध्ये ११ बैंकहरुले ब्याजदर घटाएसँगै औसत ब्याजदर घटेको हो । माघ महिनाका लागि यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इ
विराटनगर।कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन गर्ने भएको छ।औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसाय (बीटुबी) बीच आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्यसहित यो मिशन सुरु गर्न लागिएको संगठनले जनाएको छ। मिशन अन्तर्गत उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गर्दै स्थानीय उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गर्नेछ। भ्रमणका क्रममा स्थानीय उद्योग, व्यवसायिक अवस्था, लगानीका सम्भावना
विराटनगर - नेपाल रिपब्लिक मिडिया लिमिटेडमा औपचारिक रूपमा नेतृत्व परिवर्तन भएको छ। बुधबार काठमाडौंमा सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले शोभा ज्ञवालीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। यससँगै लामो समयदेखि संस्थाको नेतृत्व गर्दै आएका विनोदराज ज्ञवालीले अध्यक्ष पदबाट औपचारिक रूपमा विदाइ लिएका छन्।साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। नवनिर्वाचित समितिमा अध्यक्ष शोभा ज्ञवालीसँगै बालकृष्ण अधिकारी, मदन अर्याल र श्रीधर पोखरेल रहेका छन्। यसअघि नै कार्यकाल बाँकी रहेका रोमनाथ घिमिरेले सञ्चालक समितिमा निरन्तरता पाएका छन्। नयाँ सञ्चालक समितिले मिडि
इटहरी । नेपाली मौलिकता बोकेको माघे सङ्क्रान्ति भन्ने बित्तिकै मानसपटलमा तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको स्वाद झल्किन्छ ।‘पुसको अन्तिम रात पकाउने र माघको पहिलो बिहान खाने’ सांस्कृतिक परम्परा अनुसार यतिबेला प्रत्येक घरका भान्सामा यी कन्दमूल उसिनिन्छन् ।घिउ-चाकु, तिलको लड्डु र सेलरोटीको स्वादसँगै सपरिवार बसेर खाइने यी परिकारले यो चाडलाई थप उल्लासमय बनाउँछन् । विशेषगरी मगर र थारु समुदायले यसलाई आफ्नो सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा धुमधामसँग मनाउने गरेका छन् ।माघे सङ्क्रान्तिकै लागि मुलुकको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा कन्दमूलको व्यापारले नयाँ उचाइ लिएको
इटहरी । गत आर्थिक वर्षको साधारणसभा गरिसक्नुपर्ने अन्तिम दिन आज पुस ३० गते हो । कम्पनी, संघसंस्थालगायतले आर्थिक वर्ष सकिएको तीन महिना अर्थात् असोज मसान्तमा साधारणसभा गरिसक्नुपर्छ । सो समयमा साधारणसभा गर्न नसकेमा म्याद थपको स्वीकृति लिएर पुस मसान्तभित्र गरिसक्नुपर्छ ।कम्पनी ऐन २०६३ मा भएको व्यवस्था अनुसार ऐनको दफा ७६ मा स्पष्ट भनिएको छ कि प्रत्येक पब्लिक कम्पनीले आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्नेछ । असारमा आर्थिक वर्ष सकिने हुनाले पुस मसान्त अन्तिम समय सीमा हो । साथै, ऐनको दफा ६७ ले सभा बस्नुभन्दा कम्तीमा २१ दिन अगावै शेयरधनीलाई सूचना दिनुपर्ने र सो स
इटहरी । यो हप्ता निरन्तर सुनचाँदीको भाउ बढिरहेको छ । सुनको भाउले आज लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन उच्च मूल्यको कीर्तिमानी बनाएका छन् ।आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३१५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७८ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १४५ रुपैयाँ बढेको थियो ।
इटहरी । सोलु हाइड्रोपावर लिमिटेडले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री गरिसकिएको छ । कम्पनीले १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचा