इटहरी । सुनचाँदीको भाउले आज पनि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।सुन चाँदी दुवैको भाउले शुक्रबार कायम उच्च मूल्यको रेकर्ड आज तोडेको हो ।शुक्रबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको थियो ।
इटहरी । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको निष्काशन गरी बिक्री हुने भएको हो ।सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात् १ करोड ४२ लाख २० हजार रकमबराबरको रु.१०० अंकित दरका १ लाख ४२ हजार २०० कि
इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफर अन्तर्गत छोटो अवधिमै ९४ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्।पारस अटो मोबाइल्सका अनुसार कुल बिक्रीमध्ये ७८ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएका हुन्। पुराना सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उल्लेखन
इटहरी - इटहरीमा सञ्चालनमा आएको नेपाली जुत्ता घर छोटो समयमै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। नेपाली ब्राण्डका जुत्ता–चप्पल मात्र बिक्री गर्ने उद्देश्यले गत असोज २९ गतेदेखि सञ्चालनमा आएको यस जुत्ता घरले सकारात्मक प्रतिक्रिया पाइरहेको सञ्चालकमध्ये एक रुद्र न्यौपानेले जानकारी दिए।जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका सञ्चालक न्यौपानेले नेपाली जुत्ता घरले नेपालमै बनेका उत्पादन गुणस्तरीय र सुलभ दरमा पाइन्छ भन्ने मानक स्थापित गरेको बताए।“हामी सीमापारबाट तस्करीको बाटो हुँदै आएका जुत्ता–चप्पल तथा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने अभियानमा छौँ,” उनले भने,
केराबारीः सरकारले केही समय घोषणा गरेअनुसार साविक करदाता सेवा कार्यालयमार्फत दिइँदै आएका करसम्बन्धी सेवाहरू अब स्थानीय तहबाटै प्रदान हुन थालेका छन् ।यसै क्रममा मोरङको केराबारी गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहबाट कर सेवा प्रवाहको औपचारिक आरम्भ गरेको छ। पुस ९ गते आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थ तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले केराबारी गाउँपालिकाबाटै कर सेवा प्रणालीको उद्घाटन गर्नुभएको हो ।‘दि–भाइब्स क्याफे एण्ड रेष्ट्रो’ की सञ्चालक पवित्रा खवासलाई खनालले पहिलो व्यवसायिक प्रमाणपत्र तथा चित्रकुमार तामाङलाई व्यक्तिगत स्थायी पान नम्बर परिचयपत्र हस्तान्तर
भेडेटारः अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष धनकुटाको भेडेटारमा हुने १३ औँ भेडेटार फुड फेस्टिभल यस वर्ष पुस १६, १७ र १८ गते हुने भएको छ ।आयोजक होटल एसोसिएसन भेडेटारका अनुसार फुड फेस्टिभलमा कम्तीमा पनि ३० हजार पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ । सो फेस्टिभलमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न जातीय खानाको प्रदर्शनी, अर्गानिक तरकारी र फलफूल, हस्तकला र घरेलु उत्पादन, मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइन मुख्य आकर्षक रहनेछन् ।होटल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लीलाराज लावतीका अनुसार भेडेटारमा रहेका १५०
विराटचोकः आज सुन र चाँदी दुवैको भाउले यसअघिका सबै रेकर्ड तोड्दै उच्च मूल्यको रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।
इटहरी । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा पूँजीगत लाभकर झण्डै दोब्बर सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा पूँजीगत लाभकर २२ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । गत आर्थिक वर्ष २०८१\०८२ मा यस्तो कर ४० अर्ब ११ करोड रुपैयाँ सङ्कलन भएको छ ।नेपालमा आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पूँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ ।
इटहरी । आज शेयर बजार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात् १.३७ अङ्कले बढेर २ हजार ५८५.८७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको शेयर कारोबार भएको छ ।आज ६ वटा समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.८७ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक अर्थात् ०.८५ प्रतिशतले घटेको छ ।एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँको १ लाख ७९ हजार २६१ कित्ता शेयर किनबेच भएको छ ।आज इन्फिनिट
इटहरी । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि