आर्थिक

    Showing ६११-६२० of १,०५५ items.
  • सुन्दरहरैंचामा अर्थमन्त्री खनाल, गरे नेपालीरिका होटलको निरीक्षण

    विराटचोकः अर्थमन्त्री रामेश्वर खनालले आज सुन्दरहरैंचाको नेपालीरिका होटलको निरीक्षण गरेका छन् । जेनजी आन्दोलनको प्रभावपछि नेपालीरिका होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर आफूलाई खुशी लागेको अर्थमन्त्री खनालले बताए।निरीक्षणका क्रममा अर्थ मन्त्रालयका महानिर्देशक र सचिवको पनि उपस्थिति रहेको थियो ।अर्थ मन्त्रालयका विशिष्ट व्यक्तिहरूको समर्थन, समझदारी र सहकार्यले निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण झल्काएको होटलका प्रबन्ध निर्देशक आकाश दुलालले बताए ।आगामी दिनमा पनि नेपालीरिका होटल सदैव गुणस्तरीय सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्याउन प्रतिबद्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २७७ पटक पढिएको
  • सुनचाँदीको भाउले आज पनि बनायो उच्च मूल्यको रेकर्ड

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्यले उच्च मूल्यको रेकर्ड बनाएको छ । हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । अस्ति कायम भएको उच्च मूल्यको रेकर्ड हिजो तोडिएको थियो । सुनको भाउले लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन उच्च मूल्यको रेकर्ड बनाएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ४२० रुपैयाँ निर्धारण भएको छ ।सुनको भाउ आज तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको हो ।हिजो सुनको भाउ तोलामा ५ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढे

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २४७ पटक पढिएको
  • विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ सुरु हुँदै

    विराटनगर — मोरङ उद्योग व्यापार संघको आयोजनामा विराट ट्रेड एक्स्पो २०८२ विराटनगरमा सञ्चालन हुने भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको छेउस्थित शान्ति चौक नजिकको खुला मैदानमा आयोजना हुने एक्स्पो पुस ९ गतेदेखि सुरु भई पुस १९ गतेसम्म सञ्चालन हुनेछ।एक्स्पोको उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।मोरङ उद्योग व्यापार संघका अनुसार विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली मैदानमा एक्स्पो आयोजना हुन लागेको हो। संघ

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २७२ पटक पढिएको
  • सुनचाँदीको भाउ पुनः नयाँ उचाइमा

    इटहरी । आज पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । हिजो कायम भएको सुन र चाँदीको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५ हजार ५०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेर नयाँ रेकर्ड बनिएको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यो नै हालसम्मको उच्च मूल्य हो ।चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच भएको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो ।हिजो सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १३० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २८८ पटक पढिएको
  • सामान्य अङ्कले बढ्यो शेयर बजार

     इटहरी ।  साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अङ्कले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२७ अङ्कले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२८ वटा कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ उपसमूह मध्ये ६ वटा उपसमूहमा रातो पोतिएको छ । आज अन्य समूह सर्वाधिक अर्थात् १.२८ प्रतिशतले बढ्दा जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.७९ प्रतिशतले घटेको छ ।आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ९८ लाख १७ हजार ३०८ रुपैयाँको शे

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ३०६ पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओको बिक्री आजदेखि शुरु

    इटहरी ।  सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि ९ लाख २४ हजार ७६८ कित्ता शेयर आजदेखि बिक्री शुरु भएको छ ।रिलायन्सको प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङमार्फत् शेयर निस्कासन गरेको हुनाले सो कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा कायम भएकाले सोही दरले आवेदन दिनुपर्नेछ ।बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ को उपदफा १ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२०

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ३५७ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज म्यानिया सुरु, पहिलो दिनमै ११ डेलिभरी, ८ फाइनान्स बिक्री

    इटहरी-  इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सुरु भएको टिभिएस एक्सचेञ्ज महा अफरको पहिलो दिनमै ११ युनिट डेलिभरी भएको छ भने ८ बाइक तथा स्कुटर फाइनान्समार्फत बिक्री भएको छ।अफर अन्तर्गत पुराना सवारी साटेर नयाँ टिभिएस बाइक/स्कुटर खरिद गर्न सकिने व्यवस्था छ। ग्राहकलाई रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास डिस्काउन्ट, रु. १० हजार भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइएको छ।त्यसैगरी नागरिकतामात्रै आधारमा फाइनान्स सुविधा समेत उपलब्ध छ, जसले सीमित बजेट भएका ग्राहकलाई पनि नयाँ बाइक खरिद गर्न सजिलो बनाएको छ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ५३० पटक पढिएको
  • २६०० मुनि फेरि झर्याे नेप्से सूचक

    इटहरी ।  तीन दिन लगातार बढेको शेयर बजार आज लगातार दोस्रो दिन पनि झरेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ० दशमलव ७६ प्रतिशत अर्थात १९ दशमलव ९२ अङ्कले घटेर २ हजार ५९५ दशमलव १० विन्दुमा झरेको छ ।नेप्सेमा सूचीकृतमध्ये ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।बजार बढे पनि सामुहिक लगानी कोष आज ० दशमलव १९ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात् १ दशमलव ६३ प्रतिशतले घटेको छ ।घटेको बजारमा स्वस्तिक लघुवित्तको सर्वाधिक १३ करोड ५ लाख २८

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २६३ पटक पढिएको
  • सुनको भाउ घट्यो, बढ्यो चाँदीको

    इटहरी ।  आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ १०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार १०५ रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २७६ पटक पढिएको
  • भोलिदेखि इटहरीमा टिभिएस महा अफर

    इटहरी  - नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा टिभिएस एक्सचेन्ज महा अफर सुरु हुँदैछ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा भोलि पौष ६ गतेदेखि ११ गतेसम्म चल्ने अफरमा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ।अफरअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइनेछ।त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि रहेको आयोजकले ज

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ३८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल