इटहरी ।  आज पनि सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ प्रति तोला ४ हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।