इटहरी । चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।बैंकका अनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राह
इटहरी । गत साताका पाँचै कारोबार दिन नेपाली शेयर बजार मापक नेप्से परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.४३ अङ्कले बढेर २ हजार ६७६.०३ विन्दुमा अडिएको छ ।बिहीबार जम्मा ३३३ वटा कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ८६ हजार १७० पटक किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँको शेयर किनबेच भएको छ ।बिहीबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा राताम्य भएका छन् । बिहीबार बैंकिङ समूह सर्वाधिक अर्थात् १.४७ प्रतिशतले बढ्दा फाइनान्स समूह आज सर्वाधिक ०.३८ प्रतिशतले घटेको थ
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । भाउ बढेसँगै सुनको भाउले प्रति तोला अढाइ लाख रुपैयाँ नाघेको छ । आज सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।
काठमाडौंः बोनस पाउँदा सो लाभांशमा लाग्ने कर लगानीकर्ताले तिर्नुपर्ने व्यवस्थालाई अन्त्य गर्दै अब कम्पनीले नै ब्योहोर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ ।बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गर्दै शेयरधनीलाई लाभांशबापतको कर नलाग्ने व्यवस्था गरेको हो । बोर्डले निर्देशिकाको दफा ४० मा उपदफा ७ थप गर्दै सङ्गठित संस्थाले लाभांशबाटै मिलान गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था मिलान
काठमाडौंः नेपाल राष्ट्र बैंकले १०० दरका नयाँ नोट हिजोदेखि चलनचल्तीमा ल्याएको छ ।बैंकका अनुसार साबिककै आकार र रङमा सङ्केत नम्बर क २००००००१ देखि घ ४०९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० (रुपैयाँ एक सय) तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित निम्न विशेषता भएको नोट चलनचल्तीमा आएको छ ।नयाँ नोटको अग्र र पृष्ठ भागमा निम्न विवरणहरु हुने बताइएको छःनोटको अग्रभागमा१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।२. नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको ।३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।४. नोटको मध्यभागमा अशोक स्
इटहरी । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ६० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।
महाेत्तरी । किसानले यस वर्ष उखुको मूल्य प्रतिक्वीन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। केही दिनअघि देशभरिका उखु उत्पादक कृषक प्रतिनिधिले कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारलाई भेटेर गत वर्षभन्दा बढाएर उखुको मूल्य निर्धाण गर्न माग गरेका हुन्। मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल सातसय ५० कायम गर्न माग गर्दै किसानको तर्फबाट मन्त्री परियारलाई ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए। ‘हाम्रो माग अनुसार उखुको मूल्य वृद्धि नभए चरणवद्ध सडक संघर्षमा जाने चेतावनीसमेत हामीले दिएका छौँ,’ उप्रेतीले भने, ‘सरकार, उद
इटहरी । शेयर लगानीकर्ताका लागि ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोलि मंसिर १२ गते बुकक्लोज गर्दैछन् । कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुक क्लोज गर्दैछन् । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश पाउने हुनाले शुक्रबार र आइतबार बुक क्लोज
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २२० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको थियो ।
विराटचोकः यो साताका शुरुका दुवै दिन शेयर बजारमा उच्च अङ्कको वृद्धि भएको छ । साताको दोस्रो दिन हिजो नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.९४ प्रतिशत अर्थात् ५०.४४ अंकले बढेर २ हजार ६५०.६६ विन्दुमा पुगेको छ ।३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७९ हजार ७१४ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको शेयर कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।सोमबार नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरे