इटहरी — इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला भोलि (आइतबार)देखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स को आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्स मा चैत १ गतेदेखि चैत ६ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ।
मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा प्रदान गरिनेछ।

ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्।
पारस अटोमोवाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण मेलामा ग्राहकको आकर्षण बढ्ने विश्वास गरिएको छ। कम्पनीका अनुसार नेपाली बजारमा हाल टिभिएसका २३ भन्दा बढी मोडेल उपलब्ध छन्।

















