आर्थिक

    Showing ६७१-६८० of १,०५५ items.
  • ०.१६ प्रतिशतले घट्यो मंसिरमा बैंकको ब्याजदर

    इटहरी ।  कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औसत ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतबिन्दुले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतबिन्दुका दरले ब्याज दिएका थिए । मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतबिन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०७ प्रतिशतबिन्दुले घटाएका छन् ।वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि प्रकाशन गरेको नयाँ ब्याजदरको सूचनाअनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २४७ पटक पढिएको
  • सुनचाँदीको भाउमा भारी गिरावट, तोलामा घट्यो झण्डै ७ हजार रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार रुपैयाँ रहेको छ ।शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४३३ पटक पढिएको
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाइ इन्धनको यथावत्

    इटहरी । आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेको हो ।नेपाल आयल निगमका अनुसार भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ ।यस्तो छ निगमको विज्ञप्ति

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४०० पटक पढिएको
  • साताभरमा झण्डै २ प्रतिशत घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो  साता २५९६.१२ अङ्कमा बन्द भएको नेप्से गत साता १.९४ प्रतिशत अर्थात ५०.३९ अङ्क घटेर २५४५.७३ अङ्कमा रोकिएको छ ।सातामा ५ दिन खुलेको शेयर बजारमा २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यो साता कारोबार रकम पनि घटेको छ । अघिल्लो  साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।साताभरमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ । बाँकी सबै १२ उपसमूहको

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ३८५ पटक पढिएको
  • भाेलीदेखि इटहरीमा टीभीएस एक्सचेन्ज मेला’ , के के छन सेवा सुविधा ?

    इटहरी ।  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्नो बिक्रेतामार्फत कार्तिक ३० गते देखि ुटिभिएस एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोवाइल्सले सो मेला आयोजना गर्ने भएको हो ।  कात्तिक ३० देखि मंसिर ५ गते सम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिने जनाइएको छ ।मेलामा ग्राहकका लागि रु। ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु। ८  हजार सम्मको क्यास डिस्काउन्ट, रु १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अ

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ५४४ पटक पढिएको
  • सुनचाँदी दुवैको भाउमा गिरावट

    विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजा २८५ रुपैयाँ तोकिएको छ ।हिजो सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ४०० पटक पढिएको
  • इटहरीकाे पारस अटाेद्वारा दुई नयाँ मोडलको माेटरसाइकलहरू भव्य लञ्च

    इटहरी । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि.ले नेपालमा TVS मोटर कम्पनीको आधिकारिक बिक्रेताहरूमार्फत नयाँ माेडलका दुई  मोटरसाइकलकाे भव्य लञ्च  गरेको छ। कम्पनीकाे इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्स इटहरीले भब्य कार्यक्रम सहित TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO सार्वजनिक गर्दै नेपाली बजारमा नयाँ शक्ति, शैली र प्रविधि ल्याउने बताएको छ।युवाहरू माझ बढदाे लाेकप्रियता र बजारमा माग पनि बढेकाेले साे प्रविधि सहितकाे माेटरसाइकल लञ्च गरिएकाे पारस अटो मोबाइल्स इटहरीका सञ्चालक लिलानाथ लुइटेलले बताए । TVS Apache RTR 160 2V F

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ९८३ पटक पढिएको
  • खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थामा पुनः लावण्य अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति

    इटहरी ।  खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारणसभाबाट पुनः लावण्यकुमार अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।निर्वाचन समितिका संयोजक हरिश्चन्द्र ढकालले सञ्चालक समिति उपाध्यक्षमा जयकुमारी गिरी चयन हुनुभएको जानकारी दिए ।  सचिवमा बाबुराम खड्का, सहसचिवमा लीलाराज खतिवडा र कोषध्यक्षमा मन्जु भट्टराई चयन भएका छन् ।सञ्चालक समिति सदस्यहरुमा देवीबहादुर चौहान, निर्मला राई, विदुर दाहाल, हेमराज खतिवडा चयन भएका छन् ।लेखा सुपरीवेक्षक समितिको संयोजकमा वसन्त केसी तथा सदस्यहरूमा विज्ञान पराजुली र जमुना भट्टराई चयन भएका छन् ।साधारणसभामा संस्थाले उत्क

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ३४६ पटक पढिएको
  • सुनको भाउ फेरि पुग्यो तोलाको अढाइ लाख, एकै दिन बढ्यो झण्डै ६ हजार रुपैयाँ

    विराटचोकः आज तोलामा ५ हजार ९०० रुपैयाँ बढेर सुनको भाउ फेरि तोलाको २ लाख ५० हजार रुपैयाँ नाघेको छ । चाँदीको भाउ पनि आज तोलामा १७० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २११ पटक पढिएको
  • सुन्दरहरैंचा साकोसको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित

    सलकपुरः सुन्दरहरैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दरहरैंचा–८ सलकपुरको चौथो वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हरिबहादुर पौडेल, उपाध्यक्षमा परशुराम पराजुली, सचिवमा शंकरप्रसाद भट्टराई, कोषाध्यक्षमा बद्रीप्रसाद ढकाल चयन हुनुभएको छ । सदस्यहरूमा होमबहादुर खड्का, मन्दिरा उप्रेती, समीक्षा बस्नेत दाहाल, सुमीक्षा सुब्बा, नीलम भट्टराई चयन हुनुभएको छ । लेखा संयोजक तिलकुमार नेपाल तथा लेखा सदस्यहरूमा सविता कोइराला र रेवतप्रसाद उप्रेती चयन हुनुभएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले वार्षिक प्रतिवेदन र लेखा

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • १८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल