आर्थिक

    Showing ७३१-७४० of १,०५५ items.
  • पशुपालक किसानलाई आत्मनिर्भर बनाउन ८० लाख अनुदान

    पर्वत । जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न ८० लाख अनुदान वितरण गर्ने भएको छ ।     निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमका लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ । आर्थिक वर्ष २०८२–८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसान, फार्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थालाई उक्त अनुदान रकम उपलब्ध गराइनेछ ।     बृहत्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २८७ पटक पढिएको
  • श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् ।     करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन् ।     स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय स्थानीयले श्रमदान गरेका क्ल

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २४० पटक पढिएको
  • कागतिहारको दिन घट्यो सुनचाँदीको भाउ

    इटहरी ।  तिहारको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।गत शुक्रबार सुनको भाउ तोेलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २१८ पटक पढिएको
  • वाणिज्य बैंकले कात्तिकमा पनि घटाए ब्याजदर

    इटहरी ।  वाणिज्य बैंकहरुले कर्जा लगानी बढाउन नसकेपछि कात्तिक महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।सबैभन्दा बढी माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर एक प्रतिशतले घटाएका छन् । त्यस्तै नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, बैंक, ग्लोबल आइएमइ बैंक र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।नबिल बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले व्याजदर एक प्रतिशत भन्दा कमले घटाएका छन् ।एक वर्ष अघिदेखि बैंकको ब्याजदर एकल अङ्कमा छ । अर्थतन्त्रमा आएको शिथिलता र निजी क्षेत्रको मनोबल

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३५० पटक पढिएको
  • आज पनि तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड

    इटहरी । हिजो एकै दिन तोलामा ८ हजार १०० रुपैयाँ बढेर उच्च मूल्य बनाएको सुनको दाम आज पनि तोलामा ४०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मको उच्च हो । आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला तीन हजार २४० रुपैयाँमा किनबेच भइरहेको छ । 

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४५४ पटक पढिएको
  • हातेमालोको २३ औं साधारणसभा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।इन्द्रपुर जेसीजको सभाहलमा भएको साधारणसभामा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि रहनुभएको थियो । साधारणसभाको प्रारम्भमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २७ पिण्ट रगत सङ्कलन भएको थियो ।सहकारी सञ्चालक समिति अध्यक्ष हेमराज सुवेदीले सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रगति विवरण तथा चालु आर्थिक वर्ष २०८२\०८३ को प्रस्तावित कार्यक्रम एवम् बजेट प्

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४०० पटक पढिएको
  • एटीएम कार्डबाट अब दिनमा ५० हजार रुपैयाँमात्रै निकाल्न मिल्ने

     इटहरी । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम)बाट झिक्न सकिने रकमको सीमा घटाएर एक दिनमा ५० हजार रुपैयाँमात्रै निकाल्न मिल्ने बनाएको छ ।केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो । संशोधित निर्देशिकाबमोजिम अब जुनसुकै बैंकको एटीएम कार्ड (डेबिट कार्ड)बाट प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म निकाल्न मिल्ने जनाइएको छ ।राष्ट्र बैंकका अनुसार अब प्रति कारोबार जम्मा २० हजार मात्रै निकाल्न मिल्नेछ । यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको एटीएम कार्डबाट प्र

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३०० पटक पढिएको
  • घट्यो नेप्से र कारोबार रकम दुवै

    शेयर बजारमा आज नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४३ अङ्क घटेर २५२८ दशमलव १६ बिन्दुमा झरेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१७ कम्पनीको ३८ हजार ८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँको ७४ लाख ८८ हजार कित्ता शेयर किनेबच भएको छ ।आज शुभम् पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढ्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशत बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पन

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३१२ पटक पढिएको
  • एकै दिन तोलामा ८००० रुपैयाँ बढ्यो सुनको भाउ

    आज एकै दिन सुनको भाउ तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३२५ रुपैयाँ रहेको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९५ रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदी दुवैको भाउले हालसम्मको उच्च मूल्यको रेकर्ड कायम गरेका थिए ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४९० पटक पढिएको
  • राष्ट्र बैंकले हटायो शेयर धितो कर्जाको सीमा

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ ।यस अघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो ।राष्ट्र बैंकले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । केन्द्रीय बैंकले यस्तो लगानी ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने बनाएको छ ।बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट सङ्गठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको स

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४८० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल