इटहरी ।  सुपर मादी हाईड्रोपावर लिमिटेडको १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता शेयरको लक इन अवधि आज  माघ २१ गते सकिने भएको छ ।

संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५ सय कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ४४ हजार १ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५ सय कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।

लक इन अवधि सकिएपछि ती शेयर अब दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन् ।